सन्दर्भ विश्व क्यान्सर दिवसः २४ जना मध्ये १० जनामा क्यान्सर !
भक्तपुर, माघ २१ गते
विश्व क्यान्सर दिवसको अवसरमा भक्तपुर क्यान्सर अस्पतालले नयाँ तथा फलो अप विरामीकालागि नाम दर्ता र Pap Smear परीक्षण निःशुल्क गरेको छ । माघ २० र २१ गते गरी दुई दिन विशेष कार्यक्रमका साथ विश्व क्यान्सर दिवस मनाइरहेको भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. वष्णु दत्त पौडेलले औसतमा दैनिक १० जना क्यान्सर रोग लिएर अस्पतालमा भर्ना हुने गरेको बताउँछन् ।

अस्पतालले सन् २०१७ देखि २०२१सम्मको तथ्यांग प्रस्तुत गर्दै सो अवधिमा उपचार गरेका १६,२८२ विरामी मध्ये विभिन्न क्यान्सर रोगका ७५८७ जनाको उपचार गरेको जनाएको छ । तथ्यांग हेर्दा महिलाको पाठेघरमा भन्दा स्तनमा क्यान्सर संक्रमण दर बढी देखाउछ । सन् २०१७मा ११३२ क्यान्सरका विरामी मध्ये ४६२ जना महिलाहरु पाठेघरमा क्यान्सर लिएर उपचारका लागि अस्पताल पुगेको देखिन्छ भने स्तन क्यान्सर भएका महिला ३३३ जना थिए यसरी संक्रमित महिलाहरु सन् २०१८मा ३९३, ३२०, २०१९मा २६०, ३३८, २०२०मा १९३,२५९, २०२१मा २३३, ३९६ जना थिए । सो अवधिमा १५४१ जना महिलाहरुको पाठ्यघरमा क्यान्सर भएर उपचार गराएका थिए भने १६६८ महिलाको स्तनमा क्यान्सर भई उपचार गराएका थिए । उपचारको पहुँच वा सचेतनाले हुन सक्छ पाठ्यघरमा क्यान्सर संक्रमितको संख्या घट्दै आएको तथ्यांगले देखाउछ भने स्तन क्यान्सरमा भने संक्रमण् बढ्दै आएको देखिन्छ ।
फोक्सो, मुख, टाउको र घाँटीमा भने महिलाको तुलनामा पुरुषमा क्यान्सर संक्रमण बढी देखिन्छ । सन् २०१७मा २२१ पुरुषको फोक्सोमा क्यान्सर देखिदा २९१ महिला, १६० पुरुषको मुखमा क्यान्सर देखिदा ४९ महिला, २०६ पुरुषको टाउको र घांटीमा क्यान्सर संक्रमण हुँदा ८७ महिला मात्र संक्रमित देखिएको छ भने सन् २०२१सम्म आइपुग्दा पनि २५५ पुरुषको फोक्सोमा क्यान्सर हुँदा २४१ म्हिला, १९२ पुरुषको मुखमा क्यान्सर हुँदा ६० महिला, १३२ पुरुषको टाउको र घांटीमा क्यान्सर हुँदा ६० जना महिला संक्रमित भएर भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराएको अस्पतालको तथ्यांगमा उल्लेख छ ।
सो अवधिमा भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराएका ७५८७ जना मध्ये फोक्सोमा क्यान्सर भएका विरामीको संख्या २२३४ जना छन् भने त्यसपछि महिलाको स्तन क्यान्सर भएका १६६८, पाठ्यघर क्यान्सर भएका १५४१ जना थिए । यसै गरी मुख, टाउको र घांटीमा क्यान्सर भई उपचार गर्नेको संख्या २१४४ जना थिए ।
सो अस्पतालमा दैनिक २४ जना भर्ना भएका मध्ये १० जना क्यान्सर संक्रमित हुने गरेको अस्पतालका ब्यवस्थापक राजाराम तजलेले बताए । यद्यपी दैनिक २२ जना डिसचार्ज हुँदै आएको बताउँदै ब्यवस्थापक तजलेले भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा यस वर्षको विश्व क्यान्सर दिवस मनाउने कार्यक्रम रहेको बताए ।













