नेक्राकिसंघको ८ औं जिल्ला सम्मेलन सुरु
मध्यपुर थिमी, माघ २० गते
आर्थिक समान्नता र देशभक्तिको कुरा नगर्ने नयाँ होस या पूरानो पार्टी काम नलाग्ने भन्दै नेपाल मजदुर किसान पार्टीका सचिव एवं प्रतिनिधि सभा सदस्य सांसद प्रेम सुवालले त्यस्तो बेवस्था समाजबादमा मात्रै हुन सक्नेमा जोड दिएका छन् । आज मध्यपुर थिमीमा आयोजित नेपाल क्रान्तिकारी किसान संघ भक्तपुर जिल्लाको आठौं सम्मेलनको उद्घाटन गर्दै सांसद सुवालले सो कुरा बताएका हुन । उहाँले बारा, पर्सा, रौतहत,सिराहा सप्तरी लगायतको किसान आन्दोलनको जगमा उठेको यो किसान आन्दोलन जोत्नेले जमिन नपाएसम्म आन्दोलन अघि बढ्ने विचार ब्यक्त गर्नु भयो । मध्यपुर थिमीको शंषधर चोकबाट जुलुस गर्दै बालकुमारी, नगदेश र वोडेसम्मको यात्रा सम्पन्न गरी भएको उद्घाटन समोरोहमा बोल्नु हुँदै सांसद सुवालले निर्वाचनमा जनताले देश र जनताको सेवा गर्ने राजनैतिक दल र नेता चुन्न नसक्दा देशमा राजनैतिक अस्थिरता रहेको बताउनु भयो । निर्वाचनमा भोज खुवाएकै भरमा मतदान गर्दा अपराधी, हत्यारा, भ्रष्टाचारी, अनागरिकहरु समेत सांसद भएर आएको उल्लेख गर्दै अहिलेको संबैधानिक ब्यवस्था अनुसार संसदमा नेमकिपा प्रमुख प्रतिपक्ष हुनुपर्नेमा सचिव सुवालले जोड दिनु भयो । देश र जनताको सवालहरु उठाउन सदनमा पर्याप्त समय आफूले नपाएको उल्लेख गर्दै उत्पादनका साधनहरु पूजीबादी देशमा केही सिमित व्यक्तिहरुका हातमा हुने तर समाजबादी बेवस्थामा राज्यको हातमा हुने भएकाले समाजबाद नआएसम्म देश स्वाधिन हुन नसक्ने विचार ब्यक्त गर्नु भयो ।
कार्यक्रममा नेपाल क्रान्तिकारी महिला संघकी अध्यक्ष अनुराधा थापामगरले नेपाली किसानहरुमा कृषि ज्ञान, सिप, लगानी, प्रविधिको महुँच नपुग्दा देश नै परर्निभर भइरहेको चर्चा गर्दै साहुँ महाजनको चर्को ऋणले किसानहरु थिलिएको बताउँदै पूर्व सांसद समेत रहेका थापामगरले महिला कृषकहरु झन समस्यामा रहेको बताए । देशलाई स्वाधिन बनाउन कृषि क्षेत्र र किसानलाई सरकारले उपेक्षा गरेको बताउँदै कृषि र किसानहरु सक्षम हुन राजनैतिकरुपले संगठित हुनुपर्नेमा जोड दिनु भयो भने नेमकिपा भक्तपुर जिल्ला समितिका अध्यक्ष एवं बागमती प्रदेशका सांसद सुरेन्द्रराज गोसाईले जनता राजनैतिक रुपले सचेत र संगठित नभएसम्म देशमा आमुल परिवर्तन संभव नहुने चर्चा गर्दै उहाँले राजनैतिक,बैचारिक र सैद्धान्तिक रुपमा प्रष्ट हुन आग्रह गर्नु भयो । यसै बीच बागमती प्रदेशका सांसद सृजना सैंजूले आयातमूखी अर्थतन्त्र भएसम्म देशको स्वाधिनता र सार्वभौकिता रक्षा गर्न नसकिने विचार ब्यक्त गर्दै किसान र कृषिको विकासले देशलाई आत्मनिर्भर बनाउन सकिने बताए भने अर्का सांसद गीता काफ्लेले नेमकिपाको भातृसंगठन नेपाल क्रान्तिकारी किसान संघका अग्रहहरुले गरेको देश र जनता लक्षित राजनीतिले भूमिसुधार, मोहियानी हक कायम हुन सकेको धारणा ब्यक्त गर्नु भयो ।
नेक्राकिसंघ भक्तपुरका अध्यक्ष तथा केन्द्रीय उपाध्यक्ष गोविन्द दुवालको सभापतित्वमा भएको सो कार्यक्रममा नेक्राकिसंघ ललितपुर जिल्ला अध्यक्ष कविन्द्र महर्जन,
केशबप्रसाद तिमल्सेना, विक्रम बैद्य, रमेश बैद्यलगायतले पनि नेपाल क्रान्तिकारी किसान संघले किसान वर्गको हक हितकालागि गर्दै आएको भपाई आन्दोलन, बालि काट्ने आन्दोलन, मोहियानी हकको आन्दोलन देखि देशको स्वाधिनता र सार्वभौकिता रक्षाका लागि एमसीसी, एसपीपी र नागरिकता विद्येयक विरुद्ध गरेको आन्दोलन बारे चर्चा गरेका थिए ।
Featured Posts – Style 1
महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न
2026-07-16 Comments Off on महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न
महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भक्तपुर घरेलु तथा साना उद्योग संघ र भक्तपुर घरेलु बचत तथा ऋण...
इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठी
2026-07-15 Comments Off on इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठी
इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठीभक्तपुर,गत वर्ष भक्तपुर जिल्ला सहकारी संघबाट भक्तपुर जिल्लाकाे उत्कृष्ठ सहकारी हुन सफल ईताछें विनायक...
मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग
2026-07-14 Comments Off on मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग
मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग माजिद अन्सारी प्रकरणमा राजेन्द्र महतोको प्रश्न : कानुनी आधारबिनै पक्राउ...
भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न
2026-07-14 Comments Off on भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न
भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न भक्तपुरः भक्तपुर उद्योग वाणिज्य संघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न भएको छ ।...
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणको निरन्तरता
2026-07-14 Comments Off on शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणको निरन्तरता
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणको निरन्तरता शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा केही समयको लागि रोकिएको कलेजो प्रत्यारोपण...













