मध्यपुर ठिमीको एक घरमा लागेको आगलागीबाट २ करोड ६० लाख क्षेति

मध्यपुर ठिमीको एक घरमा लागेको आगलागीबाट २ करोड ६० लाख क्षेति
मध्यपुर ठिमी,
करेन्ट सर्ट भई मध्यपुर थिमीको एक घरमा भएको आगलागिबाट २ करोड ६० लाख बराबरको क्षेति भएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार मध्यपुर थिमी नगरपालिका वडा नं. ३ कौशलटारस्थित नाशा ईन्टेरियर कम्पनी नामको आल्मुनियम र फर्निचर फ्याक्ट्रीमा अचानक करेन्ट सर्ट भई आगलागी भएको थियो । घरधनी शंकर कटुवालको ४ तले पक्की घरको भुई तलामा लागेको सो आगलागीका कारण २ करोड ६० लाख बराबरको क्षेति भएको प्रहरीले पुष्टि गरेको हो ।

आगलागी नियन्त्रणकालागि ५ वटा दमकलहरु परिचालन भएको थियो । घटनास्थलमा प्रहरी बृत ठिमी भक्तपुरबाट प्रहरी अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटिई गई प्रारम्भिक अनुसन्धान कार्य भएको सूचना अधिकारी राजन कार्कीले जनाएको छ । आगलागीको खवर प्राप्त हुने बितिकै प्रहरी वृत्त ठिमीबाट प्र।नि। को कमाण्डमा र प्रहरी प्रभाग बालकोटबाट ज्द्धज्ञ प्र।ब।ना।नि।को कमाण्डमा प्रहरी टोली खटिई गई प्रहरी, स्थानियहरु, भक्तपुर, काठमाण्डौ र ललितपुरबाट गरी जम्मा ५ वटा दमकलहरुको सहयोगमा आगो नियन्त्रण भएको सूचना अधिकारी कार्कीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । श्रावण १७ गते २२ः२०मा लागेको आगो सोही राती २३ः४७ बजे नियन्त्रणमा आएको थियो ।