सहकारी संस्थाका बेथितिहरुलाई औल्याई दिनु सहकारी विरोधी नभएको सांसद प्रेम सुवालको भनाई

भक्तपुर, पुस २६ गते
सहकारी संस्थाका बेथितिहरुलाई औल्याई दिनु सहकारी विरोधी नभएको सांसद प्रेम सुवालले बताएका छन् । ख्वप वचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औं वार्षिक साधारण सभाको शनिवार उद्घाटन गर्दै सांसद सुवालले सहकारीको नाममा जनताको बचतको दुरुपयोग हुन सक्नेमा सचेत रहन आग्रह गर्दै सहकारीले जनताको शिक्षा, स्वास्थ्य र साँस्कृतिक स्तर उकास्ने गतविधि गर्नुपर्नेमा जोड दिनु भयो । ख्वप इन्जिनियरिग कलेज स्थापना भएसँगै जनताका छोरा छोरीले पढ्ने अवसर पाएको भन्दै यसैले गर्दा टोल टोलमा अहिले इन्जिनियरहरु भएको उल्लेख गर्नु भयो । संस्थाका १५ जना जेष्ठ नागरिक, असल बचत तथा ऋणी एवं एसईई परीक्षामा उत्कृष्ठ विद्यार्थीहरुलाई समान्न तथा पुरस्कार वितरण गर्दै साँसद सुवालले देशमा शैक्षिक स्तर विकास गर्न सके मात्रै पर्यटकहरु बढ्ने बताउनु भयो । पर्यटकहरुलाई बस्न, खान्न, मनोरञ्जन तथा घुम्न पर्याप्त स्थान, होटलहरु बनाउनुपर्ने र सोही अनुसार छिमेकी देशहरुले पर्यटकहरु नेपाल पठाउने आश्वासन दिएको उल्लेख गर्दै जनताको साँस्कृतिकस्तर उठान गर्न नसकेसम्म देश विकास नहुने र सरकारमा गएका दल र नेताहरुले देश विकास गर्ने तर्फ पर्याप्त ध्यान नदिएको बताउनु भयो ।

This image has an empty alt attribute; its file name is 20200111151253_IMG_5876-1024x683.jpgसहकारीको विकास किसानहरुको आवश्यकताको आधारमा हुँदै आएको भन्दै नेमकिपाका सचिव साँसद सुवालले साँस्कृतिकस्तर उकास्न जनताको भाषाशैली र जीवनस्तर उकास्नुपर्नेमा जोड दिनु भयो । काठमाण्डौ उपत्यकाका खेतियोग्य जमिनहरुमा शहर विकास गरे खाद्यन्न संकट हुनेमा सरकारको ध्यानकर्षण गराउँदा भारतबाट खाद्यान्न भित्र्याउने उदेश्य देखिनु सरकारको गलत नियत रहेको भन्दै जनताले यस्तो गर्नु सही हो कि गलत भन्ने बुझ्नुपर्ने र आफ्नो अभिमत राख्नुपर्नेमा जोड दिनु भयो ।

This image has an empty alt attribute; its file name is 20200111151306_IMG_5878-1024x683.jpgतरकारीमा बढ्दो विषादीको प्रयोगकाकारण क्यान्सर, मुगौला रोग जस्ता दीर्घ रोगहरु बढ्न थालेकाले कृषि उत्पादनमा पनि सहकारी संस्थाले ध्यान पुर्याउन सके जनताको स्वास्थ्य स्वस्थ रहने उल्लेख गर्नु भयो ।
संस्थाका अध्यक्ष हरिप्रसाद बासुकलाको सभापतित्वमा भएको सो साधारण सभाले राजकुमार लघुको अध्यक्षतामा नयाँ कार्य समिति समेत चयन गरेको छ । १४ सय सदस्य रहेको सो संस्थाले गत आर्थिक वर्षमा १३ करोड कारोवार गर्न सफल भएको भन्दै यस वर्ष १४ करोड कारोबार गर्ने लक्ष्य लिएको संस्थाले जनाएको छ ।