भक्तपुर, पुस २५ गते । एक महिने स्वस्थानीय तथा माधबनारायण व्रत शुक्रवारबाट सुरु भएको छ । हिजोका सनातन, आजका हिन्दु नेपालीजनमा मनोकांक्षा पूरा गर्न यो व्रत प्रति ठूला आस्था राख्ने गर्दछन् । धर्म, संस्कृति, परम्परा र जनविश्वासले काठमाण्डौ उपत्यका मात्र नभई देश विदेशमा समेत स्वस्थानी व्रतको यतिबेला चर्चा हुने गर्दछ । मुलको पानी जाडोमा पनि तातो हुन्छ, स्वास्थलाई स्फुर्टि दिन्छ । माघको जाडोमा चिसो छ भनि चुप लाग्नु भन्दा त्रिवेणीहरुमा माघ महिना भरी पानीमा डुवेर, नुहाएर व्रत बस्नु वा सक्रिय जीवन जीउनु परम्परा देखिको साँस्कृतिक जीवनशैली हो जुन आजसम्म पनि जीवन्त छ । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमाका दिन शुरु हुने श्री स्वस्थानी व्रतकथा पनि आजबाट शुरु भएको छ । यो व्रत प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म चल्ने गर्छ । आजदेखि व्रतसँगैं घरघरमा स्वस्थानी कथा भन्ने र सुन्ने गरिन्छ । स्वस्थानी व्रत बसे तथा कथा भन्ने र सुन्ने गरेमा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । सत्ययुगमा हिमालयपुत्री पार्वतीले महादेव स्वामी पाउन विष्णुको सल्लाह अनुसार निराहार रहेर स्वस्थानीको व्रत गर्दा आफ्नो मनोकांक्षा पूर्ण भएको र पछि उहाँको लोककल्याणका निम्ति यो व्रतकथा प्रचारप्रसार गराई गरिब तथा दुःखीहरूको उद्धार गरेको कथाका रूपमा यो नेपाली समाजमा प्रचलित छ । व्रत बस्ने प्रत्येक महिलाले महिनाभरी नुहाई मध्यान्ह स्वस्थानीको पूजा गरी एक छाक खाएर बस्ने गर्छन् । व्रत बस्नेले विभिन्न परम्परागत मूल्यमान्यताहरुलाई अनुसरण गर्दै कठोर ब्रत बस्ने गर्दछन् । सालिनदिमा व्रत बस्नेहरु महिनाभरी नै साँखुमै बस्छन् भने अन्य माहानुभावहरु आफ्नो इच्छा अनुसार ब्रतहरु बस्ने गर्दछन् । माधव नारायणको ब्रत बस्नेहरु अहिले ठोरै भए पनि अन्तिम एक दिन भए पनि सयौं समुदायले ब्रत बस्ने गर्दछन् ।
स्वस्थानीको अर्थ आफ्नै ठाउँ भन्ने बुझिन्छ, संस्कृतिविद ओमप्रसाद धौभडेल बताउँछन् । शहर विकासक्रममा स्थानीय शक्ति पीठ, अष्तमातिकाहरुको पूजा आरधाणा गर्नु यस पर्वको विशेष महत्व छ । साँखु मल्लकालिन भक्तपुर हो । भक्तपुरको हनुमान घाटमा पनि आज देखि माधव नारायण ब्रट सुरु भएको छ । ऐतिहासिक स्वस्थानी व्रत र माधवनारयाणको व्रत बारे ऐतिहासिक प्रमाणहरुलाई केलाउँदा माधवनारायण ब्रत पूरानो परम्परा रहेको भन्दै संस्कृतिविद ओम धौभडेलले अहिले माधव नारायण ओझेलमा परेको बताउँछन् ।
महादेव र पावर्तीको कथा सँगै ऐतिहासिक शंखरापूर नगरको गोमेजुको कथासँग जोडेर स्वस्थानी कथाले जीवन्तता र जनविश्वास कायम राखेको छ । त्यसैले साली नदिमा हरेक वर्ष व्रत अवधिभर आन्तरीक तथा बाह्य पर्यटकहरुको घुइचो लाग्ने गर्दछ । यो प्रथा भक्तपुरको हनुमानघाटमा पनि पुनजागरित भएको छ । माधवनारायण ब्रत बस्ने युवा देखि वृद्धसम्म लाइन लागेर विहान देखि ब्रत बस्न आइरहेका छन् । आआफ्नो घर आँगनबाट कोही नांगो जीउँ गुल्तिन्दै गुल्तिन्दै त कोही जीउले बाटो नाप्दै हनुमानघाटको त्रिवेणीमा डुबुल्की मार्छन् । हरेक दिन फेरी माधव नारायण माधव नारायण भन्दै आधारधानाका साथ तीर्थातन पनि गर्छन् । यो पर्वमा हनुमानघाटमा भएको फोहर प्रदुर्षणले केही आकर्षण घटाएको छ यद्यपी केही वर्ष देखि माधवनारायण व्रतलाई व्यवस्थित पार्न समितिमार्फत चँदा संकलन, पर्व व्यवस्थापन तथा हुल व्यवस्थापन समेत गर्दै आएको छ ।
चाहे स्वस्थानीय होस् या बाधवनारायण व्रत होस यो नेपाल मण्डलको संस्कार हो । नेवार समुदायको इतिहास हो । यो लिच्छवि काल, मल्ल काल, पंचायत काल हुँदै अहिले लोकतन्त्रमा पनि त्यतिकै जनविश्वासका साथ यस पर्वलाई मान्दै आएको संस्कृतिविद धौभडेल बताउँछन् । यो व्रतबाट पार्वतीले माहादेव पाएको मात्र मनोकाक्षा नभई हरेक मनोकाक्षा पूरा गर्ने आस्थाको घरोररको रुपमा लिन सकिन्छ ।
Featured Posts – Style 1
फोहोरमैला प्रशोधन केन्द्रको व्यवस्थापनबारे भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिकाबीच सहमति
2026-07-21 Comments Off on फोहोरमैला प्रशोधन केन्द्रको व्यवस्थापनबारे भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिकाबीच सहमति
फोहोरमैला प्रशोधन केन्द्रको व्यवस्थापनबारे भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिकाबीच सहमति भक्तपुर । २०८३ साउन ४ भक्तपुर नगरपालिका वडा नं. १०...
गत असारमा भक्तपुरमा २४ जघन्य तथा गम्भीर अपराधका घटना
2026-07-20 Comments Off on गत असारमा भक्तपुरमा २४ जघन्य तथा गम्भीर अपराधका घटना
गत असारमा भक्तपुरमा २४ जघन्य तथा गम्भीर अपराधका घटनाभक्तपुर, श्रावण ४ गतेजिल्ला प्रहरी कार्यालय भक्तपुरले गत असार महिनाभर भएका कार्यसम्पादनहरु...
सहकारी संस्थामा नियमित बचतको अनिवार्यताश्री बाराही साकोसको २८औँ स्थापना दिवस सम्पन्न
2026-07-20 Comments Off on सहकारी संस्थामा नियमित बचतको अनिवार्यताश्री बाराही साकोसको २८औँ स्थापना दिवस सम्पन्न
सहकारी संस्थामा नियमित बचतको अनिवार्यताश्री बाराही साकोसको २८औँ स्थापना दिवस सम्पन्न भक्तपुर, साउन ४ गते। श्री बाराही बचत तथा ऋण...
स: दबू साहित्यमा स्रष्टा रामेश श्रेष्ठकाे एकल लघुकथा वाचन
2026-07-20 Comments Off on स: दबू साहित्यमा स्रष्टा रामेश श्रेष्ठकाे एकल लघुकथा वाचन
स: दबू साहित्यमा स्रष्टा रामेश श्रेष्ठकाे एकल लघुकथा वाचनललितपुर,- राजुराम मुनंकर्मीबि.सं. २०८२ चैत्र ७ गते देखि हरेक महिनाकाे पहिलाे शनिबारका...
भक्तपुर प्रहरीद्वारा स्कुटर चोर पक्राउ
2026-07-19 Comments Off on भक्तपुर प्रहरीद्वारा स्कुटर चोर पक्राउ
भक्तपुर प्रहरीद्वारा स्कुटर चोर पक्राउभक्तपुर, श्रावण ३ गतेभक्तपुर प्रहरीले स्कुटर चोरी गर्ने मानिसलाई पक्राउ गरेको छ । श्रावण १ गते...














