भक्तपुर, पुस २५ गते । एक महिने स्वस्थानीय तथा माधबनारायण व्रत शुक्रवारबाट सुरु भएको छ । हिजोका सनातन, आजका हिन्दु नेपालीजनमा मनोकांक्षा पूरा गर्न यो व्रत प्रति ठूला आस्था राख्ने गर्दछन् । धर्म, संस्कृति, परम्परा र जनविश्वासले काठमाण्डौ उपत्यका मात्र नभई देश विदेशमा समेत स्वस्थानी व्रतको यतिबेला चर्चा हुने गर्दछ । मुलको पानी जाडोमा पनि तातो हुन्छ, स्वास्थलाई स्फुर्टि दिन्छ । माघको जाडोमा चिसो छ भनि चुप लाग्नु भन्दा त्रिवेणीहरुमा माघ महिना भरी पानीमा डुवेर, नुहाएर व्रत बस्नु वा सक्रिय जीवन जीउनु परम्परा देखिको साँस्कृतिक जीवनशैली हो जुन आजसम्म पनि जीवन्त छ । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमाका दिन शुरु हुने श्री स्वस्थानी व्रतकथा पनि आजबाट शुरु भएको छ । यो व्रत प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म चल्ने गर्छ । आजदेखि व्रतसँगैं घरघरमा स्वस्थानी कथा भन्ने र सुन्ने गरिन्छ । स्वस्थानी व्रत बसे तथा कथा भन्ने र सुन्ने गरेमा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । सत्ययुगमा हिमालयपुत्री पार्वतीले महादेव स्वामी पाउन विष्णुको सल्लाह अनुसार निराहार रहेर स्वस्थानीको व्रत गर्दा आफ्नो मनोकांक्षा पूर्ण भएको र पछि उहाँको लोककल्याणका निम्ति यो व्रतकथा प्रचारप्रसार गराई गरिब तथा दुःखीहरूको उद्धार गरेको कथाका रूपमा यो नेपाली समाजमा प्रचलित छ । व्रत बस्ने प्रत्येक महिलाले महिनाभरी नुहाई मध्यान्ह स्वस्थानीको पूजा गरी एक छाक खाएर बस्ने गर्छन् । व्रत बस्नेले विभिन्न परम्परागत मूल्यमान्यताहरुलाई अनुसरण गर्दै कठोर ब्रत बस्ने गर्दछन् । सालिनदिमा व्रत बस्नेहरु महिनाभरी नै साँखुमै बस्छन् भने अन्य माहानुभावहरु आफ्नो इच्छा अनुसार ब्रतहरु बस्ने गर्दछन् । माधव नारायणको ब्रत बस्नेहरु अहिले ठोरै भए पनि अन्तिम एक दिन भए पनि सयौं समुदायले ब्रत बस्ने गर्दछन् ।
स्वस्थानीको अर्थ आफ्नै ठाउँ भन्ने बुझिन्छ, संस्कृतिविद ओमप्रसाद धौभडेल बताउँछन् । शहर विकासक्रममा स्थानीय शक्ति पीठ, अष्तमातिकाहरुको पूजा आरधाणा गर्नु यस पर्वको विशेष महत्व छ । साँखु मल्लकालिन भक्तपुर हो । भक्तपुरको हनुमान घाटमा पनि आज देखि माधव नारायण ब्रट सुरु भएको छ । ऐतिहासिक स्वस्थानी व्रत र माधवनारयाणको व्रत बारे ऐतिहासिक प्रमाणहरुलाई केलाउँदा माधवनारायण ब्रत पूरानो परम्परा रहेको भन्दै संस्कृतिविद ओम धौभडेलले अहिले माधव नारायण ओझेलमा परेको बताउँछन् ।
महादेव र पावर्तीको कथा सँगै ऐतिहासिक शंखरापूर नगरको गोमेजुको कथासँग जोडेर स्वस्थानी कथाले जीवन्तता र जनविश्वास कायम राखेको छ । त्यसैले साली नदिमा हरेक वर्ष व्रत अवधिभर आन्तरीक तथा बाह्य पर्यटकहरुको घुइचो लाग्ने गर्दछ । यो प्रथा भक्तपुरको हनुमानघाटमा पनि पुनजागरित भएको छ । माधवनारायण ब्रत बस्ने युवा देखि वृद्धसम्म लाइन लागेर विहान देखि ब्रत बस्न आइरहेका छन् । आआफ्नो घर आँगनबाट कोही नांगो जीउँ गुल्तिन्दै गुल्तिन्दै त कोही जीउले बाटो नाप्दै हनुमानघाटको त्रिवेणीमा डुबुल्की मार्छन् । हरेक दिन फेरी माधव नारायण माधव नारायण भन्दै आधारधानाका साथ तीर्थातन पनि गर्छन् । यो पर्वमा हनुमानघाटमा भएको फोहर प्रदुर्षणले केही आकर्षण घटाएको छ यद्यपी केही वर्ष देखि माधवनारायण व्रतलाई व्यवस्थित पार्न समितिमार्फत चँदा संकलन, पर्व व्यवस्थापन तथा हुल व्यवस्थापन समेत गर्दै आएको छ ।
चाहे स्वस्थानीय होस् या बाधवनारायण व्रत होस यो नेपाल मण्डलको संस्कार हो । नेवार समुदायको इतिहास हो । यो लिच्छवि काल, मल्ल काल, पंचायत काल हुँदै अहिले लोकतन्त्रमा पनि त्यतिकै जनविश्वासका साथ यस पर्वलाई मान्दै आएको संस्कृतिविद धौभडेल बताउँछन् । यो व्रतबाट पार्वतीले माहादेव पाएको मात्र मनोकाक्षा नभई हरेक मनोकाक्षा पूरा गर्ने आस्थाको घरोररको रुपमा लिन सकिन्छ ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
हर्षोल्लासका साथ तःमुंज्या सम्पन्न गर्न सुकुन्दा र्याली
2026-10-23 Comments Off on हर्षोल्लासका साथ तःमुंज्या सम्पन्न गर्न सुकुन्दा र्याली
हर्षोल्लासका साथ तःमुंज्या सम्पन्न गर्न सुकुन्दा र्याली भक्तपुर, कार्तिक ५ गते, विहीबार । जनता म्वाःसा भाषा म्वाइ अर्थात जनता बाँचे...
बृहत् सुकुन्दा न्याली गोल्मढीबाट सञ्चालन हुने
2026-10-22 Comments Off on बृहत् सुकुन्दा न्याली गोल्मढीबाट सञ्चालन हुने
बृहत् सुकुन्दा न्याली गोल्मढीबाट सञ्चालन हुने भक्तपुर, २०८३ कार्तिक ४ पीखुक्वगु नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्याको आयोजनामा वृहत् प्रचारप्रसार...
जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग
2026-10-19 Comments Off on जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग
जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग ललितपुर । जग्गा खरिद...
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
2026-10-17 Comments Off on भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान भक्तपुर, २०८३ असोज ३१ भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा विजयादशमी तथा...
फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
2026-10-17 Comments Off on फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
अभिनेत्री रेखा थापा अभिनीत फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक भएको केही दिनमै युट्युबमा एक...













