एकल नृत्य प्रतियोगितामा वरिष्ठ कलाकार मदनदास श्रेष्ठ सम्मानित
भक्तपुर, जेष्ठ १ गते
वरिष्ठ कलाकार मदनदास श्रेष्ठ सम्मानित भएका छन् । आज देखि सुरु भएको भक्तपुर जिालास्तरीय एकल नृत्य प्रतियोगिताको उद्घाटनको अवसरमा कलाकार श्रेष्ठ सम्मानित भएका हुन । तप्पा डंफोस्थित चाँगुनारायण नगरपालिकाको हलमा आयोजित सो नृत्य प्रतियोगिता बागमति प्रदेशका सांसद सुरेश श्रेष्ठले पानसमा दीप प्रज्वलन गरी आज उद्घाटन गरेका थिए भने सोही अवसरमा वरिष्ठ कलाकार मदनदास श्रेष्ठलाई पनि उहाँले दोसल्ला ओडाएर सम्मानित गर्नु भयो ।


चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्री, नेपाल पत्रकार महासघ भक्तपुरका अध्यक्ष सुन्दर शिल्पकार सहित दर्जनौं अतिथिहरुको आतिथ्यतामा सो नृत्य प्रतियोगिता सुरु भएको छ । प्रतियोगिता अन्तर्गत आज चाँगुनारायण क्षेत्रका नृत्यांगनाहरु बीच प्रतियोगिता आयोजना भएको आयोजक राइजिङ स्तार डान्स सेन्टरले जनाएको छ भने भोलि मध्यपुर थिमी नगरपालिकास्तरीय र पर्सि सूर्यविनायक नगरपालिकास्तरीय नृत्य प्रतियोगिता आयोजना हुने बताएका छन् ।














