नेपाली थ्रिलर फिल्म अपीच्यको पोस्टर सार्वजनिक
११ जेठ, केके मानन्धर
नेपाली थ्रिलर फिल्म ‘अपीच्य’ को पोस्टर सार्वजनिक गरिएको छ । युवा निर्देशक प्रदीप खड्गीले निर्देशन गरेको हरर फिल्मको पोस्टर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको हो । फेसबुकमा पोस्टरलाई सार्वजनिक गर्दै खड्गीले लेखेका छन् ‘हरर फिल्मको फस्ट लुकलाई सार्वजनिक गर्न पाउँदा हामी अत्यन्त खुसी छौं । अब चाँडै नै सिनेमा हलहरुमा लाग्दैछ ।’
डेल्टा मल्टिमिडियाको व्यानरमा सुदन श्रेष्ठ, धर्म महर्जन र सुरेश महर्जनले फिल्म निर्माण गरेका छन् । फिल्ममा सनिष शाक्य, सलोना बज्राचार्य, सुरज व्यञ्जनकार, रवि गिरी, रचना सिंह, सुरेन्द्र मानन्धर, कृष्णभक्त, राजेन्द्रकुमार, लक्ष्मीकुमार महर्जन, विनेश श्रेष्ठ, लूनिभा खड्गी, लक्ष्मीनाथ मदगैया लगायतको मुख्य भूमिका छ ।
फिल्मको लागि वरिष्ठ कलाकार सुशील राजोपाध्यायले कथा सम्पादन गर्नुभएको छ भने विविन महर्जनले व्यवस्थापन पक्ष हेर्नुभएको छ । रविन डंगोल र आयुष महर्जनको छायांकनमा निर्माण सम्पन्न भएको हरर फ्लेभरको फिल्ममा हलिउड प्रोजेक्टमा काम गर्दै आएका सन्तोष केसीलाई भि.एफ.एक्स तथा क्रियटिभ डिरेक्टरको लागि अनुबन्ध गरिएको छ । विनेश श्रेष्ठको कला निर्देशन रहेको फिल्ममा पूजा शाहीले सौन्दर्य पक्षको जिम्मेवारी लिएकी छन् । यसअघि वाङमय शताब्दी पुरुष डा. सत्यमोहन जोशी तथा पूर्वमन्त्री बुद्धिराज बज्राचार्यले पुल्चोकको जलविनायक मन्दिर परिसरमा क्लाप गरी फिल्मको शुभमुहूर्त गरिएको थियो । अपीच्य निर्देशन गरेका खड्गीले ऐतिहासिक नेपाली चलचित्र ‘कीर्तिपुर दि लिजेन्ड अफ कीर्तिलक्ष्मी’ सफलतापूर्वक निर्माण गरिसकेका छन् । विभिन्न विधाका फिल्म बनाउनेमा रुचि राख्ने उनले यो पटक त्रासदीपूर्ण चलचित्र (हरर मुभी)मा काम गरेका छन् ।
Featured Posts – Style 1
२ राउण्ड गोली र लागू औषध सहित मानिस नियन्त्रणमा
2026-06-02 Comments Off on २ राउण्ड गोली र लागू औषध सहित मानिस नियन्त्रणमा
२ राउण्ड गोली र लागू औषध सहित मानिस नियन्त्रणमाभक्तपुर, जेष्ठ १९ गतेभक्तपुर प्रहरीले २ राउण्ड गोली र लागू औषध सहित...
होटलमा पैसा नतिरी व्यवसायीलाई धम्काउने १जनालाई प्रहरीद्वारा पक्राउ
2026-06-02 Comments Off on होटलमा पैसा नतिरी व्यवसायीलाई धम्काउने १जनालाई प्रहरीद्वारा पक्राउ
होटलमा पैसा नतिरी व्यवसायीलाई धम्काउने १जनालाई प्रहरीद्वारा पक्राउभक्तपुर, जेष्ठ १९ गतेभक्तपुर प्रहरीले होटलमा पैसा नतिरी व्यवसायीलाई धम्काउने १जनालाई पक्राउ गरिएको...
भक्तपुरका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्कालाई स्वागत
2026-06-02 Comments Off on भक्तपुरका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्कालाई स्वागत
भक्तपुरका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्कालाई स्वागत २०८३ जेठ १९ गते भक्तपुर नगरपालिकाले भक्तपुरमा सरुवा भई आउनुभएका प्रमुख जिल्ला अधिकारी...
१५ दिने ‘बोटल आर्ट तालिम सम्पन्न: सिपलाई व्यवसायसँग जोड्नु पर्ने
2026-06-02 Comments Off on १५ दिने ‘बोटल आर्ट तालिम सम्पन्न: सिपलाई व्यवसायसँग जोड्नु पर्ने
१५ दिने ‘बोटल आर्ट तालिम सम्पन्न: सिपलाई व्यवसायसँग जोड्नु पर्ने भक्तपुर, जेठ १९ उद्योग तथा वाणिज्य कार्यालय, भक्तपुरको आयोजना...
भन्सार छलि ल्याएको सामान प्रहरी नियन्त्रणमा
2026-06-01 Comments Off on भन्सार छलि ल्याएको सामान प्रहरी नियन्त्रणमा
भन्सार छलि ल्याएको सामान प्रहरी नियन्त्रणमाभक्तपुर, जेष्ठ १८ गतेभक्तपुर प्रहरीले भन्सार छलि ल्याएका सामग्रीलाई आवश्यक कार्वाहीका लागि राजश्व अनुसन्धान विभाग...













