अँचा पोखरीमा एक महिने मलवास मेला हुने ।
भक्तपुर, जेष्ठ १ गते
महाकाली क्षेत्र संरक्षण समितिले जेष्ठ ३ गते देखि एक महिने ऐतिहासिक अँचा पोखरीमा पुरुषोत्तम मेला मलमासको मेला आयोजना गर्ने भएको छ । समितिले आज पत्रकार सम्मेलन आयोजना गरी मेलाको व्यवस्थापन र मेलाबाट उठेको स्रोत व्यवस्थापन बारे जानकारी दिएका छन् । स्थानीय कला, संस्कृति, परम्परा तथा धार्मिक आस्थाको संरषण र पर्यटन विकास गर्नुका साथै स्थानीय कला र व्यवसायलाई प्रोत्साहन गर्न सो मेला अयोजनाको तयारी भएको स्थानीय वडाध्यक्ष हरिराम सुवालले जनाएको छ । पुरुषोत्तम मेलामा आउने श्रद्धालुहरुको धार्मिक विश्वास र आकांक्षालाई मस्त्येनारायणले पुरा गर्ने धार्मिक विश्वास रहेको छ ।
मेलामा विभिन्न धार्मिक, पुजाआजा, भजन कीर्तन कथा वाचन, हामो दान, ढलं कार्यहरु गरिनेछन् । यसको लागि महाकाली क्षेत्र संरक्षण समिति अन्तर्गत रहने गरि विभिन्न उपसमितिहरु बनाइएको वडाध्यक्ष सुवालले जनाएको छ। महाकाली क्षेत्र संरक्षण समितिका अध्यक्ष समेत रहेका वडाध्क्ष सुवालले मेलाको अवसरमा भक्तजनहरुबाट उठेको रकम र मस्त्येनारायण भगवानलाई चढाएको रकम तथा जिन्सी सामानहरु महाकाली क्षेत्र तथा अँचा पोखरीको संरक्षणकै लागि प्रयोग गरिने जनाएको छ । पोखरी परिसरमा जेष्ठ नागरिककालागि आदर निकेटन सञ्चालनको तयारी समेत भएको उहाँले जनाएको छ । यसै बीच लक्ष्मीनरसिंह मन्दिर परिसरमा पनि मलवासको अवसरमा एक महिने भजन तथा पूजा हुने भएको छ । मन्दिर व्यवस्थापन समितिका अनुसार जेष्ठ ३ गते देखि सो मन्दिर परिसरमा विहान ८ बजे देखि १० बजेसम्म पूजा र साँझको समयमा भजनर्कितन आयोजना गरी यस पालिको मलवास महिना मनाउने तयारी भएको जनाएका हुन ।
Featured Posts – Style 1
Orchid HackX 2026’ को पहिलो दिन उत्साहपूर्ण वातावरणमा सम्पन्न
2026-07-11 Comments Off on Orchid HackX 2026’ को पहिलो दिन उत्साहपूर्ण वातावरणमा सम्पन्न
प्रविधिमार्फत नवप्रवर्तन र सिर्जनशीलतालाई प्रोत्साहन गर्ने उद्देश्यले अर्किड इन्टरनेशनल कलेजद्वारा आयोजित ‘Orchid HackX 2026’ को पहिलो दिन उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ।...
वैदेशिक रोजगारीमा जाने नै भए सही सूचना लिएर र सीप सिकेर मात्र जाऔं”
2026-07-09 Comments Off on वैदेशिक रोजगारीमा जाने नै भए सही सूचना लिएर र सीप सिकेर मात्र जाऔं”
भक्तपुर, असार २४ — वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन तथा समुदायमा मानसिक स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको...
पुरानो जगाती पुलको उद्घाटन शनिबार
2026-07-09 Comments Off on पुरानो जगाती पुलको उद्घाटन शनिबार
भक्तपुर, असार २५ – भक्तपुर नगरपालिका–८ स्थित पुनःनिर्माण सम्पन्न पुरानो जगाती पुलको उद्घाटन शनिबार विशेष समारोहका बीच गरिने भएको छ। भक्तपुर नगरपालिका...
उद्यमशीलताको बीउ पु“जी वितरण
2026-07-09 Comments Off on उद्यमशीलताको बीउ पु“जी वितरण
उद्यमशीलताको बीउ पु“जी वितरण२५ असार, भक्तपुर । वागीश्वरी कलेज कमलविनायकमा विश्वविद्यालय अनुदान आयोगबाट प्राप्त उद्यमशीलताको निम्ति प्राप्त बीउ पुजीको तेस्रो...
कोरा भक्तपुर २०२६, साइकल कने ट भक्तपुर
2026-07-09 Comments Off on कोरा भक्तपुर २०२६, साइकल कने ट भक्तपुर
कोरा भक्तपुर २०२६, साइकल कने ट भक्तपुर साइकल कने ट भक्तपुरसन् २०२१ मा भक्तपुरका केही साइकल ेमी युवाह को अनौपचारक...













