मदनसुन्दरको हारको कथा, ऐतिहासिक कार्यको चर्चा

मदनसुन्दरको हारको कथा, ऐतिहासिक कार्यको चर्चा
मध्यपुर थिमी, जेष्ठ ११ गते
हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाल मजदुर किसान पार्टी मध्यपुर थिमीसँग चुनावी तालमेल गर्न नसक्दा मदनसुन्दर श्रेष्ठले आफू हार्नुपरेको निस्कर्ष सुनाएका छन् । साँचै नेमकिपासँग २५ सय भन्दा बढी मतदाता रहेछन्, गत निर्वाचनमा नेमकिपासँगको तालमेलमा जितेको हुँ । यस वर्ष तालमेल हुन सकेन, आफु पार्टीको आधिकारिक परेन उपविजेता श्रेष्ठले बुधबार सो कुरा पत्रकारहरु बीच सुनाएका हुन । मध्यपुर थिमीमा आयोजित धन्यवादज्ञापन तथा पाँच बर्षे समीक्षा कार्यक्रम आयोजना गर्दै उपविजेता श्रेष्ठले विगत ५ वर्षमा मध्यपुर थिमीको विकासमा ऐतिहासिक कार्य गरेको दाबी गर्दै निर्वाचनमा आफु हारे पनि मध्यपुर हार्न नहुने जिकिर गर्दै आफूले गरेको एैतिहासिक कामलाई मेत्ने गरी अझ राम्रो काम गरेर देखाउन विजेताहरुलाई शुभकामना दिएको बताए ।

निर्वाचन जित्छु नै भनेर धुक्क भएका श्रेष्ठले आफूलाई अन्तरघाट भएको खुलासा गर्दै सबैमा सूर्य सूर्य मेयरमा मात्रै खाली सयौ मतगणना गरियो, के त्यो अन्तरघाट होइन ? त्यसरी अन्तघाट संगठित रुपमै गरेको थाहा छ । तिनीहरुको एक एकको नाम संकलन गरेको छु, पूर्व प्रमुख श्रेष्ठले भने । गत ५ वर्षमा गरेका विकास निमार्ण कार्यका राम्रो कुरालाई मात्रै देख्दा र त्यसबाट प्रभावित समुदायलाई ख्याल नगर्दा मात्र होइन, मध्यपुरका विभिन्न ठाउँका ८ वटा समुहले मतादानका लागि पैसा माग गरेको मात्र होइन ५० औं लाख सहयोग गर्न ठेक्केदारहरुले मितिङ्ग अयोजना गरेको तर आफूले त्यसको फाइदा नलिएकोले पनि निर्वाचनमा हार्नु परेको खुलासा गरेका छन् । त्यस्तो फाइदा विजेताले उठाएको पनि जानकारी राखेको श्रेष्ठको भनाई छ । सधै पत्रकारहरुसँग आफ्ना कार्यक्रम र योजनाहरु बारे चर्चा गर्न रुचाउने पूर्वप्रमुख श्रेष्ठले निर्वाचनमा आफूमाथि धेरै भ्रम फैलाएको र त्यसलाई चिर्न नसक्दा पनि हार ब्यहोनुपरेको बताए ।
राम्रो काम गर्दा पनि जनमत नपाइने रहेछ, मदनसुन्दर श्रेष्ठका भनाईहरुबाट प्रष्ट हुन्छ । खानेपानी, स्वास्थ्य बाटो निर्माण, मठमन्दिर निर्माण, पार्कहरु निर्माण तथा सार्वजनिक स्थलहरुको संरक्षणमा विगत ५ वर्ष गरेको काम मध्यपुर थिमीका लागि ऐतिहासिक कार्य भएको भन्दै पूर्वप्रमुख श्रेष्ठले निर्वाचन मत परिणाम पछि फेरी मध्यपुरमा संगठन विस्तार गर्दै आफ्नो पूर्व पेसा इन्जिनियरिङ्ग र स्कूल सञ्चालनमा पनि निरन्तरता दिने सोच रहेको बताए ।