नेपाली थ्रिलर फिल्म अपीच्यको पोस्टर सार्वजनिक
११ जेठ, केके मानन्धर
नेपाली थ्रिलर फिल्म ‘अपीच्य’ को पोस्टर सार्वजनिक गरिएको छ । युवा निर्देशक प्रदीप खड्गीले निर्देशन गरेको हरर फिल्मको पोस्टर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको हो । फेसबुकमा पोस्टरलाई सार्वजनिक गर्दै खड्गीले लेखेका छन् ‘हरर फिल्मको फस्ट लुकलाई सार्वजनिक गर्न पाउँदा हामी अत्यन्त खुसी छौं । अब चाँडै नै सिनेमा हलहरुमा लाग्दैछ ।’
डेल्टा मल्टिमिडियाको व्यानरमा सुदन श्रेष्ठ, धर्म महर्जन र सुरेश महर्जनले फिल्म निर्माण गरेका छन् । फिल्ममा सनिष शाक्य, सलोना बज्राचार्य, सुरज व्यञ्जनकार, रवि गिरी, रचना सिंह, सुरेन्द्र मानन्धर, कृष्णभक्त, राजेन्द्रकुमार, लक्ष्मीकुमार महर्जन, विनेश श्रेष्ठ, लूनिभा खड्गी, लक्ष्मीनाथ मदगैया लगायतको मुख्य भूमिका छ ।
फिल्मको लागि वरिष्ठ कलाकार सुशील राजोपाध्यायले कथा सम्पादन गर्नुभएको छ भने विविन महर्जनले व्यवस्थापन पक्ष हेर्नुभएको छ । रविन डंगोल र आयुष महर्जनको छायांकनमा निर्माण सम्पन्न भएको हरर फ्लेभरको फिल्ममा हलिउड प्रोजेक्टमा काम गर्दै आएका सन्तोष केसीलाई भि.एफ.एक्स तथा क्रियटिभ डिरेक्टरको लागि अनुबन्ध गरिएको छ । विनेश श्रेष्ठको कला निर्देशन रहेको फिल्ममा पूजा शाहीले सौन्दर्य पक्षको जिम्मेवारी लिएकी छन् । यसअघि वाङमय शताब्दी पुरुष डा. सत्यमोहन जोशी तथा पूर्वमन्त्री बुद्धिराज बज्राचार्यले पुल्चोकको जलविनायक मन्दिर परिसरमा क्लाप गरी फिल्मको शुभमुहूर्त गरिएको थियो । अपीच्य निर्देशन गरेका खड्गीले ऐतिहासिक नेपाली चलचित्र ‘कीर्तिपुर दि लिजेन्ड अफ कीर्तिलक्ष्मी’ सफलतापूर्वक निर्माण गरिसकेका छन् । विभिन्न विधाका फिल्म बनाउनेमा रुचि राख्ने उनले यो पटक त्रासदीपूर्ण चलचित्र (हरर मुभी)मा काम गरेका छन् ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
व्यक्तिहरुका सीप र क्षमतालाई जनहितमा उपयोग गर्नुपर्ने – का.रोहित
2026-10-25 Comments Off on व्यक्तिहरुका सीप र क्षमतालाई जनहितमा उपयोग गर्नुपर्ने – का.रोहित
व्यक्तिहरुका सीप र क्षमतालाई जनहितमा उपयोग गर्नुपर्ने – का.रोहित भक्तपुर । भक्तपुरमा शुक्रबारदेखि सुरु भएको ४६ औँ नेपालभाषा साहित्य तःमुंज्या...
दुईदिने नेपाल भाषा साहित्य तःमुंज्या सुरु
2026-10-25 Comments Off on दुईदिने नेपाल भाषा साहित्य तःमुंज्या सुरु
दुईदिने नेपाल भाषा साहित्य तःमुंज्या सुरु भक्तपुर । भक्तपुरमा शुक्रबारदेखि दुई दिने ४६ औँ नेपालभाषा साहित्य तःमुंज्या (बृहत साहित्य सम्मेलन)...
हर्षोल्लासका साथ तःमुंज्या सम्पन्न गर्न सुकुन्दा र्याली
2026-10-23 Comments Off on हर्षोल्लासका साथ तःमुंज्या सम्पन्न गर्न सुकुन्दा र्याली
हर्षोल्लासका साथ तःमुंज्या सम्पन्न गर्न सुकुन्दा र्याली भक्तपुर, कार्तिक ५ गते, विहीबार । जनता म्वाःसा भाषा म्वाइ अर्थात जनता बाँचे...
बृहत् सुकुन्दा न्याली गोल्मढीबाट सञ्चालन हुने
2026-10-22 Comments Off on बृहत् सुकुन्दा न्याली गोल्मढीबाट सञ्चालन हुने
बृहत् सुकुन्दा न्याली गोल्मढीबाट सञ्चालन हुने भक्तपुर, २०८३ कार्तिक ४ पीखुक्वगु नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्याको आयोजनामा वृहत् प्रचारप्रसार...
जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग
2026-10-19 Comments Off on जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग
जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग ललितपुर । जग्गा खरिद...













