उत्कृष्ट काम गरेको भन्दै सर्वेन्द्र खनाल पुरस्कृत ।।

सरकारले नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाललाई पुरस्कृत गरेको छ । बेरुजु फछ्र्यौटमा उत्कृष्ट काम गरेको भन्दै गृह मन्त्रालयले महानिरीक्षक खनाललाई पुरस्कृत गरेको हो । मन्त्रालयले आज खनाललाई १० हजार नगदसहित सम्मानपत्र प्रदान गरेको छ । आर्थिक वर्ष २०७५–०७६ मा नेपाल प्रहरीको बेरुजु ८८ दशमलव पाँच प्रतिशत फछ्र्यौट भएको गृह मन्त्रालयले जनाएको छ ।