लिम्पियाधुरा, कालापानी, लिपुलेकलगायत नेपाली भूमि भारतले अतिक्रमण गरेको विषयमा राष्ट्रियसभामा पेश भएको जरूरी सार्वजनिक महत्वको संकल्प प्रस्ताव पारित भएको छ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रमुख सचेतक खिमलाल भट्टराई प्रस्तावक र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसकी सांसद सरिता प्रसाईं समर्थक रहेको प्रस्ताव आज राष्ट्रियसभामा छलफलपछि पारित भएको हो । नेपाली भूमिबाट भारतीय सेना फिर्ता पठाउन र सीमा विवाद हल गर्नका लागि कूटनीतिक पहल गर्नका लागि संकल्प प्रस्ताव पेश भएको थियो । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संकल्प प्रस्तावमाथि छलफल सकिएको बताउनुभयो । उक्त प्रस्तावमाथि संशोधनको सूचना भने प्राप्त भएको थिएन । संकल्प प्रस्ताव ध्वनी मतबाट पारित भएको हो । संकल्प प्रस्ताव सर्वसहमतिले स्वीकृत भएको अध्यक्ष तिमिल्सिनाले बताउनुभयो । राष्ट्रिय सभाले संकल्प प्रस्ताव कार्यान्वयन गर्न निर्देशन पनि दिएको छ ।
Featured Posts – Style 1
एभरेस्ट स्काउट क्याम्पबाट नेतृत्व र सहकार्यको सीप
2026-09-06 Comments Off on एभरेस्ट स्काउट क्याम्पबाट नेतृत्व र सहकार्यको सीप
एभरेस्ट स्काउट क्याम्पबाट नेतृत्व र सहकार्यको सीप भक्तपुर, भाद्र २१ गते, विद्यार्थीमा नेतृत्व क्षमता, अनुशासन, सहकार्य तथा सामाजिक सद्भावको विकास...
लोकेश्वर साकोसबाट दुबोको माला बनाउने तालिम सम्पन्न
2026-09-06 Comments Off on लोकेश्वर साकोसबाट दुबोको माला बनाउने तालिम सम्पन्न
लोकेश्वर साकोसबाट दुबोको माला बनाउने तालिम सम्पन्नलोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि., को महिला उप–समितिको आयोजनामा भएको एक दिने...
कृष्णजन्माष्टमीमा भोटेकोशी बाढीपीडितका लागि भक्तपुरको पञ्चमहालक्ष्मीमा विशेष अनुष्ठान
2026-09-04 Comments Off on कृष्णजन्माष्टमीमा भोटेकोशी बाढीपीडितका लागि भक्तपुरको पञ्चमहालक्ष्मीमा विशेष अनुष्ठान
कृष्णजन्माष्टमीमा भोटेकोशी बाढीपीडितका लागि भक्तपुरको पञ्चमहालक्ष्मीमा विशेष अनुष्ठान भक्तपुर । नेपालमा हालै आएको विनाशकारी भोटेकोशी बाढीका कारण दिवङ्गत भएका नागरिकहरूको...
दाइजोको निहुँमा आरतीको हत्या भएको माइती पक्षको आरोप, दोषीलाई पक्राउ नगरेको भन्दै पत्रकार सम्मेलन
2026-09-04 Comments Off on दाइजोको निहुँमा आरतीको हत्या भएको माइती पक्षको आरोप, दोषीलाई पक्राउ नगरेको भन्दै पत्रकार सम्मेलन
दाइजोको निहुँमा आरतीको हत्या भएको माइती पक्षको आरोप, दोषीलाई पक्राउ नगरेको भन्दै पत्रकार सम्मेलन प्रेमचन्द्र झाभदौ १९ गते रौतहट ।...
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
2026-09-01 Comments Off on ‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो काठमाडौँ / भक्तपुर‘भक्तपुर विकास सहयोग...














