शुभदीप बचतको चौधौं साधारणसभा सम्पन्न
भक्तपुर, २४ पुस– भक्तपुर देगईनास्थित शुभदीप बचत तथा ऋण सहकारी संस्थाको चौधौ वार्षिक साधारणसभा शनिवार स्थानीय ब्रम्हायणी पीठमा सम्पन्न भयो ।
प्रमुख अतिथि एवं शिक्षासेवी ज्ञानसागर प्रजापतिले उद्घाटन गर्नुभएको उक्त कार्यक्रममा अरुले नगरेको काम यस संस्थाले गरी समुदाय र समाजको हितमा विविध क्रियाकलाप गरेमा संस्था अघि बढ्ने बताउनुभयो । उहाँले हामी र हाम्रो सामुदायिक भावना बचाए पैसाले गर्नेभन्दा ठूलो काम हुने बताउँदै निहित स्वार्थका निम्ति गरिने एमसीसी नामक अमेरिकी सहयोगले हाम्रो स्वाभिमान गुम्ने औल्याउनुभयो । यस संस्थाले बचत र ऋण कारोवार मात्र नगरी सामाजिक सामुदायिक रुपमा समाजलाई अगाडि बढाउन संकलित पैसाको परिचालन गर्न सकिने उहाँले स्पष्ट पार्नुभयो । विभिन्न देशका मानिसहरुले वागीश्वरी मा.वि.लाई सहयोग गर्ने नाउँमा आफ्नो नियन्त्रणमा लिन खोजेको भन्दै उहाँले सत्तासिन पार्टीका नेताहरु विदेशीको चाकरी गरेकै कारण देशको स्वाभिमान खतरामा परेको संकेत गर्नुभयो । संस्थाको विकास, प्रगति र दीर्घकालसम्म स्थिर हुन संस्थाले सदस्यता वृद्धिलाई प्राथमिकतामा राख्नुपर्ने अन्यथा सरकारले ल्याउने विभिन्न नीतिका कारण संस्था अरुसँग गाभिन बाध्य हुनुपर्ने बताउनुभयो ।
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका प्रतिनिधि काजीबहादुर पंचले स्थानीय निकायमा दर्ता नगरी चलाएका बहुउद्देश्यीय सहकारी संस्थाबाट सचेत हुन सुझाव दिँदै उहाँले समुदायमा आधारित सहकारी संस्था भएकै कारण समुदायबीच हरेक हिसाव विवरण पारदर्शी गरिएको बताउनुभयो । संघले विभिन्न सहकारीका लागि आवश्यक ऋण प्रदान गरिरहेको र विभिन्न तालिम दिइरहेको जानकारी दिनुभयो ।
संस्थाका अध्यक्ष श्यामकृष्ण प्रजापतिको सभापतित्वमा भएको उक्त कार्यक्रममा संस्थाका सचिव ज्ञानेन्द्र प्रसाद मगजूद्वारा प्रस्तुत आ.व. २०७७÷०७८ को सञ्चालक समितिको प्रतिवेदन, कोषाध्यक्ष कमल व्याञ्जूद्वारा प्रस्तुत आ.व. २०७७÷०७८ को कोषाध्यक्षको प्रतिवेदन, लेखा संयोजक राजकुमार प्रजापतिले प्रस्तुत गरेको लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन, आ.व. २०७८÷०७९ को लागि लेखा परीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण र विधान संशोधन तथा नीतिगत प्रस्तावहरु सर्वसम्मतले पारित गरेको छ ।
आ.व. २०७७÷०७८ मा संस्थाको बचत संकलन तथा निक्षेप १ करोड ८४ लाख ७३ हजार ६ सय २१ रुपैयाँ रहेको उक्त संस्थामा ऋण लगानी १ करोड ५७ लाख १५ हजार रुपैयाँ रहेको संस्थाले जानकारी दिएको छ । कार्यक्रममा श्रीजना प्रजापति, राजेश्वर गाईजूलगायतले बोल्नुभएको थियो ।
Featured Posts – Style 1
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
2026-08-30 Comments Off on ४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटनभक्तपुर, १४ भदौंनेपाल भाषा साहित्य तःमुज्याको ४६ औं सृखला गोल्मढीमा हुने भएसँगै सो तःमुज्याको...
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
2026-08-30 Comments Off on लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं...
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
2026-08-30 Comments Off on बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वानभक्तपुर, भाद्र १४ गतेभाद्र १० गतेका दिन भोटेकोशीको नदि र त्रिशुली नदि क्षेत्रमा आएको...
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
2026-08-28 Comments Off on महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्नभक्तपुर भाद्र १२ गते । मुक्ति संगीत प्रशिक्षण केन्द्र भक्तपुरको...
भोटेकोशीका बाढी पीडितको राहत र पुनस्र्थापनाका लागि भक्तपुर सहयोग विकास संघको अपिल; ५० वटा शव बाकस सहयोग गर्ने ।
2026-08-28 Comments Off on भोटेकोशीका बाढी पीडितको राहत र पुनस्र्थापनाका लागि भक्तपुर सहयोग विकास संघको अपिल; ५० वटा शव बाकस सहयोग गर्ने ।
भोटेकोशीका बाढी पीडितको राहत र पुनस्र्थापनाका लागि भक्तपुर सहयोग विकास संघको अपिल; ५० वटा शव बाकस सहयोग गर्ने ।भक्तपुर, १२...











