भक्तपुरका १०६ जना सहित थप दुई हजार ६१९ मा कोरोना भाइरस सङ्क्रमण पुष्टि
भक्तपुर, बैशाख ११ गते
भक्तपुरका १०६ जना सहित देशभर पछिल्लो २४ घण्टामा थप दुई हजार ६१९ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आठ हजार ६६८ जनाको स्वास्थ्य परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । जसमा सात हजार ५२५ जनाको पिसिआर र एक हजार १४३ जनाको एन्टिजेन परीक्षण गर्दा क्रमशः दुई हजार ४८६ र १३३ जनामा सङ्क्रमण पुष्टि भएको हो । आजसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ९७ हजार ८६ पुगेको छ । त्यस्तै पछिल्लो समय थप ३६८ जना निको भएका छन् । यससँगै निको हुनेको सङ्ख्या दुई लाख ७७ हजार १२३ रहेको छ । निको हुने दर भने ९३ दशमलब तीन प्रतिशत रहेको छ । अहिले देशभर १६ हजार ८२८ सक्रिय सङ्क्रमित छन् । उनीहरूमध्ये ७१ क्वारेन्टिनमा रहेका छन् । अन्य आइसोलेसनमा रहेका छन् । हालसम्म नेपालमा २३ लाख ९५ हजार ७२५ को पिसिआर परीक्षण भएको छ । त्यस्तै कोरोनाका कारण १४ जनाको मृत्यु पुष्टि भएको छ । हालसम्मा तीन हजार १३६ जनाले कोरोनाको कारण ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । काठमाडौँमा ६४४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यस्तै बाँकेका ३५२, रुपन्देहीका २६८, दाङका १७२ र ललितपुरका १४१ जनामा सङ्क्रमण देखिएको छ । काठमाडौँ उपत्यकाका तीनवटै जिल्ला काठमाडौँ, भक्तपुर, ललितपुरका साथै पर्सा, कास्की, दाङ, बाँके र रुपन्देहीमा सक्रिय सङ्क्रमितको सङ्ख्या ५०० नाघिसकेको छ ।
भक्तपुर जिल्लास्थित भक्तपुर नगर पालिकाका पुरुष १४ र महिला १० गरी २४ जना चाँगुनारायण नगर पालिकाका ५ पुरुष र ६ महिला गरी ११ जना , सुर्य विनायक नगरपालिकाका २२ पुरुष र १४ महिला गरी ३६ जना र मध्यपुर थिमी नगर पालिकाका १६ पुरुष र १२ महिला गरी २८ जना र सम्पर्क बिहिन ४ पुरुष र ३ महिला गरी ७ जना १०६ जनामा थप कोरोना संक्रमण पुस्टि भएको स्वास्थ्य कार्यालय भक्तपुरका कार्यालय प्रमुख कृष्ण बहादुर मिजारले जानेको छ । कार्यालय प्रमुख मिजरका अनुसार भक्तपुरमा शनिबार कोभिसिलको दोस्रो खोप ६७० जनाले लगाए भने भेरोशीलको पहिलो खोप १४३९ जनाले लगाएका छन् ।
Featured Posts – Style 1
महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न
2026-07-16 Comments Off on महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न
महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भक्तपुर घरेलु तथा साना उद्योग संघ र भक्तपुर घरेलु बचत तथा ऋण...
इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठी
2026-07-15 Comments Off on इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठी
इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठीभक्तपुर,गत वर्ष भक्तपुर जिल्ला सहकारी संघबाट भक्तपुर जिल्लाकाे उत्कृष्ठ सहकारी हुन सफल ईताछें विनायक...
मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग
2026-07-14 Comments Off on मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग
मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग माजिद अन्सारी प्रकरणमा राजेन्द्र महतोको प्रश्न : कानुनी आधारबिनै पक्राउ...
भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न
2026-07-14 Comments Off on भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न
भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न भक्तपुरः भक्तपुर उद्योग वाणिज्य संघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न भएको छ ।...
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणको निरन्तरता
2026-07-14 Comments Off on शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणको निरन्तरता
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणको निरन्तरता शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा केही समयको लागि रोकिएको कलेजो प्रत्यारोपण...













