नेपालमा थप एकजनामा ओमिक्रोन पुष्टि, देशभर २ जनाको मृत्यु ।
नेपालमा थप एकजनामा ओमिक्रोन पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्खया मन्त्रालयका अनुसार २२ वटा जिन सिक्वेन्सिङ गर्दा एक जनामा ओमिक्रोन र अन्य २१ जनामा डेल्टा भेरिएन्ट पुष्टि भएको हो । मन्त्रालयका प्रवक्ता डा.संगिता मिश्रले ओमिक्रोन पुष्टि भएका ती व्यक्ति ९८ वर्षको रहेको जानकारी दिनुभयो । उनी हाल स्वास्थ्यकर्मीको निगरानीमा रहेको र उनको स्वास्थ्य अवस्था पनि सामान्य रहेको डा.मिश्रले बताउनुभयो । उनको सम्पर्कमा आएकाहरूको खोजी भइरहेको पनि उहाँले जानकारी दिनुभयो ।
यस्तै गत २४ घन्टामा देशभर थप २ सय ३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । देशभर ७ हजार २ सय ३३ आरटी पिसिआर विधिबाट परीक्षण गर्दा २ सय १७ जना र ४ हजार ४३ एन्टिजेन परीक्षण गर्दा १९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा हालसम्म आरटी पिसिआर विधिबाट ८ लाख २६ हजार ४ सय २४ र एन्टिजेन विधिबाट ९६ हजार ४० जनामा कोरोना पुष्टि भएको छ । यस्तै गत २४ घन्टामा देशभर थप २ जनाको कोरोनाका कारण मृत्यु भएको छ भने २ सय ७२ जना स्वस्थ भएका छन् । हालसम्म देशभर कोरोनाका कारण ११ हजार ५ सय ९९ जनाको मृत्यु भएको छ भने ८ लाख ९ हजार ६ सय ५९ जना स्वस्थ भएका छन् ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
व्यक्तिहरुका सीप र क्षमतालाई जनहितमा उपयोग गर्नुपर्ने – का.रोहित
2026-10-25 Comments Off on व्यक्तिहरुका सीप र क्षमतालाई जनहितमा उपयोग गर्नुपर्ने – का.रोहित
व्यक्तिहरुका सीप र क्षमतालाई जनहितमा उपयोग गर्नुपर्ने – का.रोहित भक्तपुर । भक्तपुरमा शुक्रबारदेखि सुरु भएको ४६ औँ नेपालभाषा साहित्य तःमुंज्या...
दुईदिने नेपाल भाषा साहित्य तःमुंज्या सुरु
2026-10-25 Comments Off on दुईदिने नेपाल भाषा साहित्य तःमुंज्या सुरु
दुईदिने नेपाल भाषा साहित्य तःमुंज्या सुरु भक्तपुर । भक्तपुरमा शुक्रबारदेखि दुई दिने ४६ औँ नेपालभाषा साहित्य तःमुंज्या (बृहत साहित्य सम्मेलन)...
हर्षोल्लासका साथ तःमुंज्या सम्पन्न गर्न सुकुन्दा र्याली
2026-10-23 Comments Off on हर्षोल्लासका साथ तःमुंज्या सम्पन्न गर्न सुकुन्दा र्याली
हर्षोल्लासका साथ तःमुंज्या सम्पन्न गर्न सुकुन्दा र्याली भक्तपुर, कार्तिक ५ गते, विहीबार । जनता म्वाःसा भाषा म्वाइ अर्थात जनता बाँचे...
बृहत् सुकुन्दा न्याली गोल्मढीबाट सञ्चालन हुने
2026-10-22 Comments Off on बृहत् सुकुन्दा न्याली गोल्मढीबाट सञ्चालन हुने
बृहत् सुकुन्दा न्याली गोल्मढीबाट सञ्चालन हुने भक्तपुर, २०८३ कार्तिक ४ पीखुक्वगु नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्याको आयोजनामा वृहत् प्रचारप्रसार...
जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग
2026-10-19 Comments Off on जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग
जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग ललितपुर । जग्गा खरिद...














