भक्तपुर व्यापार मेला आज समापन हुने
भक्तपुर, पुस ६ गते
भक्तपुर व्यापार मेला २०८१ आज समापन हुने भएको छ । भक्तपुर महोत्सव अन्तर्गत मंसिर २८ गते देखि सुरु भएको भक्तपुर व्यापार मेला आज शनिबार भव्य समारोह बीच सम्पन्न गर्ने आयोजक भक्तपुर युवा टिमले जनाएको छ । मित्रता, अनुशासन र स्वास्थ्यका लागि खेलकूद मूल नाराका साथ आयोजक भक्तपुर युवा टिमले विभिन्न खेलकूदका साथै सामाजिक गतिविधि आयोजना गर्दै आउनेक्रममा यस वर्ष भक्तपुर महोत्सव अन्तर्रगत भक्तपुर व्यापार मेला आयोजना गरेको हो । मेलाको संयोजन गर्दै टिमले भक्तपुर महोत्सवपछि भक्तपुर व्यापार मेलाको रुपमा पुस ६ गतेसम्मकालागि सञ्चालन गरेको हो ।
महोत्सव अवधिभर व्यापार व्यवासय फस्ताए पनि पुस ३ गते देखि थप मेला आयोजना गर्दा अप्ठेरोमा परेको महसुस गरेका आयोजक टिमले शनिबार मेलाको समापन भव्य रुपमा गर्ने तयारी गरेको आयोजक भक्तपुर युवा टिमका अध्यक्ष केशव त्वायनाबासुले जनाएको छ । मेलाले सोचे जस्तो उत्साह नदिए पनि समापन समारोह मार्फत आयोजक टिम र सहयोगिहरुमा थप उर्जा थपिने गरी भव्य समापन गर्ने तयारी भएको बताए । एक सय भन्दा बढी व्यापारिक स्थलसहित दैनिक साँस्कृतिक कार्यक्रम र मनोरञ्जन पार्क तथा बाल उद्यान एवं योमरी, चतामरी, बारा, सम्येबजी सहितका खाद्य स्थलहरुको आकर्षण सहित सञ्चालित भक्तपुर व्यापार मेला शनिबार समापनको तयारी भएको अध्यक्ष त्वायनाबासुले जनाएको छ ।
मेलामा न्यूरोडका होलसेलर व्यवसायीहरुको पनि सहभागिता छ । तिनीहरुले महंगोमा बिक्ने सामान मेलामा बढी परिणाम विकाउने हिसावले सस्तोमा सामान विक्रीमा राखेको बताए । बजारमा नविकेर स्टक रहेका सामग्रीहरुलाई सहुलियत दरमा विक्रि गर्न पाएकोमा व्यवसायी पनि दंग छन् । पुस २ गतेसम्म महोल राम्रो भएपनि ३ पुस देखि बिग्रेको व्यापार आज शनिवार समापनको दिन भएकोले पनि उत्साहप्रद ब्यापार हुने व्यवसायीहरुको विश्वास छ ।
मध्यपुर थिमी महोत्सवको प्रचारार्थ आज विहान साईकल र्याली गरेको छ । थिमीको शंषघर चोकबाट साईकल र्याली गर्दै मध्यपुर थिम नगरि परिक्रममा













