युवा तथा खेलकुद मन्त्रालयको सचिवमा रेग्मी नियुक्त ।

युवा तथा खेलकुद मन्त्रालयको सचिवमा रेग्मी नियुक्त ।
युवा तथा खेलकुद मन्त्रालयको सचिवमा दामोदर रेग्मीलाई नियुक्त गरिएको छ ।रेग्मी यस अघि गण्डकी प्रदेशको मुख्य सचिव हुनुहुन्थ्यो। तर, खेलकुद मन्त्रालयले काज सरूवा मागेर रेग्मीलाई मन्त्रालय बोलाएको हो ।खेलकुद मन्त्रालय झन्डै दुई महिनायता सचिवबिहीन रहेको थियो ।तत्कालिन सचिव केदार न्यौपाने असोज १२ गतेबाट अनिवार्य अवकाशमा गएपछि मन्त्रालय सचिवबिहीन बनेको थियो।नयाँ खेलकुद मन्त्री महेश्वर गहतराज नियुक्त भएपछि मन्त्रालयले नयाँ सचिव ल्याउन गृहकार्य गरेको थियो । सचिव नहुँदा मन्त्रालयका गतिविधि समेत प्रभावित बनेको थियो ।