आसापुरीका बाढी पीडितलाई उद्यमीको सहयोग
भक्तपुर, पुस २० गते
गत असोज १० देखि १२ गतेसम्म गएको पहिरोबाट पीडित सिपाडोल आसापुरी क्षेत्रका बाढी पीडित समुदायलाई भक्तपुर उद्योग वाणिज्य संघले ६० हजार बराबरको निर्माण सामग्री वितरण गर्ने भएको छ । सूर्यविनायक नगरपालिका वडा नं. ८ स्थित आसापुरी क्षेत्रमा आज संघले सो क्षेत्रका ४ जना पीडित समुदायको आवास निर्माणकालागि प्रति व्यक्ति रु. १५ हजार बराबरको निर्माण समग्री वितरण गर्ने घोषणा गरेको हो । सूर्यविनायक नगरपालिका वडा नं. ८का वडाध्यक्ष पुष्प बस्नेतको आतिथ्यतामा पीडितहरुलाई एक बोरा सिमेन्ट हस्तान्तरण गर्दै पीडितले आवास निर्माण गर्ने बेला वा चाहिएको बेला सो बराबरको निर्माण सामग्री लिन सक्ने बताउँदै संघका उपाध्यक्ष राजेन्द्र प्रजापतिले बाढीबाट धेरै क्षेत्री भएर पीडामा परेका समुदायको बीचमा थोरै भएपनि मलम लगाउने कार्य गर्न पाएको बताउनु भयो । संघका महासचिव नविन प्रजापतिले संघका पदाधिकारीहरुले एक दुई हजार जम्मा गरी भएको रु. ६० हजार पीडितहरुको आवास निर्माणमा टेवा पुर्याउन सहयोग गर्न पाउँदा खुसी लागेको बताउनु भयो । यो कुनै एनजिओ आइनजिओको पैसा होइन, संघका पदाधिकारीहरुले अलि अलि गरी जम्मा गरेको पैसा भएकाले यसलाई सहयोगको रुपमा लिइ दिन महासचिव प्रजापतिले सो अवसरमा आग्रह गर्नु भयो । कार्यक्रममा सुरक्षाकर्मी, रेडक्रसकर्मी, पहिरो पीडित तथा स्थानीय समुदायको सहभागिता थियो । गत असोजमा गएको पहिरोका कारण सूनपा ८मा धेरै धनजनको क्षति भएको उल्लेख गर्दै पीडितहरुको पुनस्र्थापना र पहिरो पन्छाउने कार्य चुनौतीपूर्ण रहेको भन्दै स्थानीय जनप्रतिनिधी बस्नेतले बडा र नगरपालिकाको अव आउने बजेटले केही महत्वपूर्ण सुधार हुने बताउनु भयो ।
Featured Posts – Style 1
एभरेस्ट स्काउट क्याम्पबाट नेतृत्व र सहकार्यको सीप
2026-09-06 Comments Off on एभरेस्ट स्काउट क्याम्पबाट नेतृत्व र सहकार्यको सीप
एभरेस्ट स्काउट क्याम्पबाट नेतृत्व र सहकार्यको सीप भक्तपुर, भाद्र २१ गते, विद्यार्थीमा नेतृत्व क्षमता, अनुशासन, सहकार्य तथा सामाजिक सद्भावको विकास...
लोकेश्वर साकोसबाट दुबोको माला बनाउने तालिम सम्पन्न
2026-09-06 Comments Off on लोकेश्वर साकोसबाट दुबोको माला बनाउने तालिम सम्पन्न
लोकेश्वर साकोसबाट दुबोको माला बनाउने तालिम सम्पन्नलोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि., को महिला उप–समितिको आयोजनामा भएको एक दिने...
कृष्णजन्माष्टमीमा भोटेकोशी बाढीपीडितका लागि भक्तपुरको पञ्चमहालक्ष्मीमा विशेष अनुष्ठान
2026-09-04 Comments Off on कृष्णजन्माष्टमीमा भोटेकोशी बाढीपीडितका लागि भक्तपुरको पञ्चमहालक्ष्मीमा विशेष अनुष्ठान
कृष्णजन्माष्टमीमा भोटेकोशी बाढीपीडितका लागि भक्तपुरको पञ्चमहालक्ष्मीमा विशेष अनुष्ठान भक्तपुर । नेपालमा हालै आएको विनाशकारी भोटेकोशी बाढीका कारण दिवङ्गत भएका नागरिकहरूको...
दाइजोको निहुँमा आरतीको हत्या भएको माइती पक्षको आरोप, दोषीलाई पक्राउ नगरेको भन्दै पत्रकार सम्मेलन
2026-09-04 Comments Off on दाइजोको निहुँमा आरतीको हत्या भएको माइती पक्षको आरोप, दोषीलाई पक्राउ नगरेको भन्दै पत्रकार सम्मेलन
दाइजोको निहुँमा आरतीको हत्या भएको माइती पक्षको आरोप, दोषीलाई पक्राउ नगरेको भन्दै पत्रकार सम्मेलन प्रेमचन्द्र झाभदौ १९ गते रौतहट ।...
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
2026-09-01 Comments Off on ‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो काठमाडौँ / भक्तपुर‘भक्तपुर विकास सहयोग...














