काठमाण्डौ उपत्यकाका ४५ जना सहित देशभर २७४ जनामा कोरोना संक्रमण ३ जनाको मृत्यु
काठमाण्डौ, श्रावण १५ गते
काठमाण्डौ उपत्यकाका ४५ जना सहित देशभर २७४ जनामा कोरोना संक्रमण भएको छ । संक्रमित मध्ये ३ जनाको निधन समेत भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बिहिबारसम्म कोरना संक्रमणबाट मृत्यु हुनेको संख्या ५२ पुगेको छ भने संक्रमितको संख्या १९ हजार ५ सय ४७ पुगेको छ । बिहिबार एकै दिन २ सय २७ जना कोरना संक्रमणमुक्त पनि भएका छन् । यसै गरी निको भइ घर फर्किनेको संख्या१४ हजार २ सय४८ पुगेको छ । अहिले १३ हजार १ सय २ जना देशका विभिन्न क्वारेन्टिनमा रहेका छन् भने रोरना संक्रमित ५ हजार २ सय २७ आइसोलेशनमा रहेका छन् । काठमाण्डौ उपत्यकामा संक्रमित ४५ जना मध्ये काठमाण्डौका ४१ जना, भक्तपुर र ललितपुरका २।२ जना रहेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जनाएको छ ।

पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालाहरुमा ६ हजार ३ सय ४ जनाको स्वाब नमूना परीक्षण गर्दा बिहिबार एकै दिन २ सय ७४ जनामा कोरोना संक्रमण देखिएको डा.गौतमले जनाएका हुन । काठमाण्डौमा कोरनाको संक्रमण बढेसँगै परीक्षणको दायरा पनि बढाएको छ । बन्दाबन्दी खुलेपछि बाहिरबाट काठमाण्डौ आउनेकोक्रम बढेपछि काठमाण्डौंमा संक्रमितको संख्या बढेको भन्दै परीक्षणको दायरा पनि बढाएको छ । परीक्षणको क्रममा काठमाण्डौ उपत्यकामा अहिलेसम्म ५ सय ७३ जनामा संक्रमण देखि सकेको छ । संक्रमितहरु मध्ये नेपाली सेनाका ७९, नेपाल प्र्हरीका २०६ जना र सशस्त्र प्रहरीका ९३ जनामा संक्रमण देखिएको थियो । काठमाण्डौ उपत्यकाका ५ हजार जनाको नमूना परीक्षण गर्दा ३ जनामा मात्र संक्रमण देखिएको थियो ।













