पछिल्लो २४ घण्टामा देशभर थप ५४९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि, थप ५६९ जना संक्रमणमुक्त, ६ संक्रमितको मृत्यु ।
पछिल्लो २४ घण्टामा देशभर ५४९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । ७ हजार १४५ नमुनाको पीसीआर परीक्षणमा ४९० र २ हजार ६०१ नमुनाको एन्टिजेन परीक्षण गर्दा ५९ जनामा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा कोरोना सङ्क्रमणबाट थप ६ जनाको मृत्यु भएको छ भने ५६९ जना निको भएका छन् ।
नयाँ थपिएका सँगै नेपालमा कोरोना सङ्क्रमितको कुल संख्या ९ लाख ६ हजार ३२५ पुगेको छ । जसमध्ये हालसम्म ७ लाख ९० हजार ३५८ जना सङ्क्रमणमुक्त भएका छन् भने ११ हजार ३८८ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार देशभर रहेका सङ्क्रमितमध्ये ९ हजार ३७९ जना होम आइसोलेसनमा रहेका छन् । यस्तै ७७२ जना संस्थागत आइसोलेसनमा छन् । कोरोनाका बिरामीमध्ये २४२ जना आईसीयू र ७८ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा प्रदेश १ मा ७१, प्रदेश २ मा १६ तथा बागमती प्रदेशमा २५५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यस्तै गण्डकीमा ६२, लम्बिनीमा ७२, कर्णालीमा २ र सुदूरपश्चिम प्रदेशमा १२ जनामा सङ्क्रमण देखिएको छ ।
Featured Posts – Style 1
प्रधानमन्त्री राहत कोषमा भक्तपुर नगरपालिकाको रु. ७५ लाख ७१ हजार आर्थिक सहयोग
2026-09-07 Comments Off on प्रधानमन्त्री राहत कोषमा भक्तपुर नगरपालिकाको रु. ७५ लाख ७१ हजार आर्थिक सहयोग
प्रधानमन्त्री राहत कोषमा भक्तपुर नगरपालिकाको रु. ७५ लाख ७१ हजार आर्थिक सहयोग भक्तपुर । २०८३ भदौ २२ २०८३ भदौ १०...
सहकारी संस्थालाई बैङ्कको जस्तो बचत ऋणको कारोबार गर्न दिँदा सहकारीमा समस्या
2026-09-07 Comments Off on सहकारी संस्थालाई बैङ्कको जस्तो बचत ऋणको कारोबार गर्न दिँदा सहकारीमा समस्या
सहकारी संस्थालाई बैङ्कको जस्तो बचत ऋणको कारोबार गर्न दिँदा सहकारीमा समस्या भक्तपुर, २१ भदौ । “मिठो फलका लागि राम्रो बीउको...
ॐ कारेश्वर बहुउद्देश्यीय सामुदायिक भवनको समुद्घाटन तथा सहयोगिलाई सम्मान
2026-09-07 Comments Off on ॐ कारेश्वर बहुउद्देश्यीय सामुदायिक भवनको समुद्घाटन तथा सहयोगिलाई सम्मान
ॐ कारेश्वर बहुउद्देश्यीय सामुदायिक भवनको समुद्घाटन तथा सहयोगिलाई सम्मान भक्तपुर भक्तपुर नगरपालिका वडा नं. १०, कमलविनायकस्थित ॐ कारेश्वर प्रगति सेवा...
भक्तपुर वडा नं। ६ द्वारा उत्तीर्ण विद्यार्थीहरूलाई बधाई ज्ञापन तथा सम्मान कार्यक्रम सम्पन्न
2026-09-07 Comments Off on भक्तपुर वडा नं। ६ द्वारा उत्तीर्ण विद्यार्थीहरूलाई बधाई ज्ञापन तथा सम्मान कार्यक्रम सम्पन्न
भक्तपुर वडा नं। ६ द्वारा उत्तीर्ण विद्यार्थीहरूलाई बधाई ज्ञापन तथा सम्मान कार्यक्रम सम्पन्नभक्तपुरभक्तपुर नगरपालिका वडा नं। ६ वडा कार्यालयको आयोजनामा...
प्राज्ञ कवि प्रतिसरा सायमीलाई अभिनन्दन
2026-09-07 Comments Off on प्राज्ञ कवि प्रतिसरा सायमीलाई अभिनन्दन
भक्तपुर साहित्यिक समाजले प्राज्ञ कवि प्रतिसरा सायमीलाई नेपालभाषा र साहित्य क्षेत्रमा निरन्तर समर्पित भई पुर्याउनु भएकाे अमूल्य याेगदानकाे कदर गर्दै...












