पछिल्लो २४ घण्टामा देशभर थप ५४९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि, थप ५६९ जना संक्रमणमुक्त, ६ संक्रमितको मृत्यु ।
पछिल्लो २४ घण्टामा देशभर ५४९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । ७ हजार १४५ नमुनाको पीसीआर परीक्षणमा ४९० र २ हजार ६०१ नमुनाको एन्टिजेन परीक्षण गर्दा ५९ जनामा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा कोरोना सङ्क्रमणबाट थप ६ जनाको मृत्यु भएको छ भने ५६९ जना निको भएका छन् ।
नयाँ थपिएका सँगै नेपालमा कोरोना सङ्क्रमितको कुल संख्या ९ लाख ६ हजार ३२५ पुगेको छ । जसमध्ये हालसम्म ७ लाख ९० हजार ३५८ जना सङ्क्रमणमुक्त भएका छन् भने ११ हजार ३८८ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार देशभर रहेका सङ्क्रमितमध्ये ९ हजार ३७९ जना होम आइसोलेसनमा रहेका छन् । यस्तै ७७२ जना संस्थागत आइसोलेसनमा छन् । कोरोनाका बिरामीमध्ये २४२ जना आईसीयू र ७८ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा प्रदेश १ मा ७१, प्रदेश २ मा १६ तथा बागमती प्रदेशमा २५५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यस्तै गण्डकीमा ६२, लम्बिनीमा ७२, कर्णालीमा २ र सुदूरपश्चिम प्रदेशमा १२ जनामा सङ्क्रमण देखिएको छ ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
नवदुर्गा देवगण जात्रा तथा गुठी व्यवस्थापन संस्थालाई एक लाख रुपैयाँसहित सम्मान
2026-10-25 Comments Off on नवदुर्गा देवगण जात्रा तथा गुठी व्यवस्थापन संस्थालाई एक लाख रुपैयाँसहित सम्मान
नवदुर्गा देवगण जात्रा तथा गुठी व्यवस्थापन संस्थालाई एक लाख रुपैयाँसहित सम्मानभक्तपुर — बागमती प्रदेश सरकारले भक्तपुरको ऐतिहासिक एवं सांस्कृतिक महत्त्व...
भक्तपुरमा पत्रकारमाथि दुर्व्यवहार, दोषीमाथि कारबाही गर्न पत्रकार संगठनको माग
2026-10-25 Comments Off on भक्तपुरमा पत्रकारमाथि दुर्व्यवहार, दोषीमाथि कारबाही गर्न पत्रकार संगठनको माग
भक्तपुरमा पत्रकारमाथि दुर्व्यवहार, दोषीमाथि कारबाही गर्न पत्रकार संगठनको मागभक्तपुर । भक्तपुरमा समाचार संकलनका क्रममा पत्रकारमाथि दुर्व्यवहार भएको भन्दै तीन पत्रकार...
व्यक्तिहरुका सीप र क्षमतालाई जनहितमा उपयोग गर्नुपर्ने – का.रोहित
2026-10-25 Comments Off on व्यक्तिहरुका सीप र क्षमतालाई जनहितमा उपयोग गर्नुपर्ने – का.रोहित
व्यक्तिहरुका सीप र क्षमतालाई जनहितमा उपयोग गर्नुपर्ने – का.रोहित भक्तपुर । भक्तपुरमा शुक्रबारदेखि सुरु भएको ४६ औँ नेपालभाषा साहित्य तःमुंज्या...
दुईदिने नेपाल भाषा साहित्य तःमुंज्या सुरु
2026-10-25 Comments Off on दुईदिने नेपाल भाषा साहित्य तःमुंज्या सुरु
दुईदिने नेपाल भाषा साहित्य तःमुंज्या सुरु भक्तपुर । भक्तपुरमा शुक्रबारदेखि दुई दिने ४६ औँ नेपालभाषा साहित्य तःमुंज्या (बृहत साहित्य सम्मेलन)...
हर्षोल्लासका साथ तःमुंज्या सम्पन्न गर्न सुकुन्दा र्याली
2026-10-23 Comments Off on हर्षोल्लासका साथ तःमुंज्या सम्पन्न गर्न सुकुन्दा र्याली
हर्षोल्लासका साथ तःमुंज्या सम्पन्न गर्न सुकुन्दा र्याली भक्तपुर, कार्तिक ५ गते, विहीबार । जनता म्वाःसा भाषा म्वाइ अर्थात जनता बाँचे...













