जनप्रतिनिधीसँग बालबालिकाको अन्तरक्रियाः के विद्यार्थीले राजनीति गर्नु हुन्छ ?

जनप्रतिनिधीसँग बालबालिकाको अन्तरक्रियाः के विद्यार्थीले राजनीति गर्नु हुन्छ ?
भक्तपुर, भाद्र २९ गते

विद्यार्थीले के राजनीति गर्न हुन्छ? सांसद भएर तपाईले कतिको संघर्षपूर्ण भूमिका खेल्नु भयो? असोज १ गतेबाट विद्यालय सञ्चालनको तयारी हुँदै छ के विद्यार्थीलाई कोरोना संक्रमणको डर हुँदैन ? यी यस्तै जिज्ञासाहरु बीच भक्तपुर नगरपालिका वडा नं. १ले कोविड १९ विरुद्ध जनप्रतिनिधीसँग विद्यार्थीको अन्तरक्रिया कार्यक्रम आयोजना गरी वाल दिवस मनाएको छ । बागमति प्रदेशका प्रदेश सांसद सुरेन्द्रराज गोसाईले सो अवसरमा विद्यार्थीहरुको जिज्ञासहरुमा सहजिकरण गर्दै देशका कार्यकारी व्यक्तिलाई प्रधानमन्त्री भनिन्छ भने प्रदेशका मुख्य व्यक्तिलाई के भनिन्छ? देशमा कति प्रदेश छन्? जस्ता सामान्य ज्ञान देखि भविष्यमा जुनसुकै विषयमा अध्ययन र काम गरे पनि त्यस विषयको राम्रो ज्ञान हासिल गर्न सके मात्र सफलता पाउने भएकाले भविष्यका लागि आज देखि मेहनत गर्नुपर्नेमा जोड दिनु भयो । कोरोना भन्दा बढी प्राणघाटक निपा भाइरसको जोखिम बढेको खवरहरु आई रहेको बेला विद्यालय सञ्चालनको तयारी पनि भइरहेको उल्लेख गर्दै उहाँले स्वास्थ्य मापदण्ड पूर्णरुपमा परिपालन गर्न सकेमात्रै विद्यालय सञ्चलान गर्न सकिने विचार व्यक्त गर्नु भयो ।


हरेक विद्यार्थीले दैनिक २र४ पाना लेख्ने गर्नुस्, अरुको कुरो राम्रोसँग सुन्ने गर्नुस् तब मात्र आफ्नो कुरा अरुलाई भन्न सकिने हुन्छ, उहाँले भन्नु भयो, राम्रो बक्ता बन्नका लागि राम्रो स्रोता हुनुपर्छ । अरुलाई भन्नु भनेको भाषण गर्नु मात्र होइन । सम्बन्ध बढाउनका लागि सम्बाद गर्नुपनि हो । संसद गोसाईको भनाई थियो ।
राजनीति भनेको लाभको लागि होइन देश र जनताको सेवा गर्नका लागि हो सांसद गोसाईले भन्नु भयो । राजनीतिलाई गलत परिभाषा दिदा राजनीतिप्रति जनगुनासो रहेको उल्लेख गर्दै भारतीय सुरक्षाकर्मीले टुइन काटेर महाकालिमा जयसिं धामिको हत्या गयोे भनि त्यसको भत्सना गर्नुलाई के राजनीति गर्यो भन्नुहो र? अमेरिकी सेनासँग जोडिएको राष्ट्रघाती एमसीसी सम्झौताको विरोध गर्नुलाई राजनीति गर्यो भन्नेर विद्यार्थीहरुले विरोध नगरी वस्ने हो र? विद्यार्थीहरुसँग साँसद गोसाईले प्रतिप्रश्न गर्नु भयो ।
नेमकिपा अध्यक्ष नारायणमान विजुक्छेको सय वर्षपछिको भक्तपुरको परिकल्पना अनुसार राष्ट्रिय स्वाधिनता रक्षाका लागि समेत प्रदेश संसदमा प्रवेश गरे देखि आफूले महत्वपूर्ण योगदान गर्दै आएको स्मरण गरेको सो कार्यक्रम वडाध्यक्ष श्याकृष्ण खत्रीको सभापतित्वमा आयोजना भएको थियो । सो कार्यक्रममा वडासदस्य सूर्यराम श्रेष्ठ, राजन कोजू लगायतले बाल दिवसको अवसरमा शुभकामना दिन्दै राम्रो भविष्यको लागि अहिले देखि मेहनत गर्नुपर्नेमा बक्ताहरुले जोड दिएका थिए ।