४४ औं तःमुज्या जनकवि श्रेष्ठ सम्मानित

४४ औं तःमुज्या जनकवि श्रेष्ठ सम्मानित
भक्तपुर, असोज २८ गते
४४ औं नेपाल भाषा साहित्य तःमुज्याको पहिलो दिनमा जनकवि दुर्गालाल श्रेष्ठ र सम्पदा संरक्षणका अभियन्ता भागवतनरंिसंह प्रधान सम्मानित भएका छन् भने ४४ औं तःमुज्याको स्मारिका र श्रष्टा समाजका अध्यक्ष लक्ष्मणराज जोशीको प्रतिपक्षीु कलमको भाग को विमोचन हुनुका साथै विभिन्न साहित्यकार, गीत, नाटकसहित साँस्कृतिक कार्यक्रम एवं विषयविज्ञहरुको मन्तव्य प्रस्तुती भएको छ ।


स्थानीय किसान अग्रज पुनवीर गैडाले उद्घाटन गर्नु भएको ४४ औं तःमुज्याको दिवा कार्यक्रममा वरिष्ठ राजनीतिज्ञ एवं नेमकिपा अध्यक्ष नारायणमान विजुक्छेले श्रेष्ठ र प्रधान सम्मानित गर्नुका साथै पुस्तकहरुको विमोचन गर्नु भएको हो ।
असोज २८ र २९ गतेका लागि कमलविनायकको लामुगा चौरमा आयोजना भइ रहेको ४४ तःमुज्याको दोस्रो दिन पनि मंगलबार विहान ११ बजे देखि सुरु हुने आयोजक समितिले जनाएको छ । जनता बाचे भाषा बाच्छ भन्ने नाराका साथ भक्तपुर नगरका विभिन्न स्थानमा प्रस्तुत भइरहेको तःमुज्या हाल काभ्रेपलान्चोकको बनेपा, काठमाण्डौ र लालितपुरका विभिन्न नगरहरुमा पनि तःमुज्याका सृखलाहरु आयोजना भइरहेको छ । यसै प्रशंगमा सोमबार भएको तःमुज्याको जनसञ्चार फेसवुक लाईभ र युटुवलाईभका लिगहरु