नेपालमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या घट्दै, थपिए १ हजार ४ सय ८६ नयाँ सङ्क्रमित ।
नेपालमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या घट्दै गएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय कोरोना सङ्क्रमण पुष्टि हुनेदरमा कमी आएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या घट्ना थालेको हो । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या २४ हजार ९ सय ५८ रहेको छ । एक साता अघि नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या ३१ हजार ९ सय ७३ रहेको थियो ।
यस्तै गत २४ घन्टामा देशभर १६ हजार ५ सय ३९ कोरोना परीक्षण गर्दा १ हजार ४ सय ८६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाका कारण सङ्क्रमित हुनेको सङ्ख्या ८ लाख ६५ हजार ३ सय ४३ पुगेको छ । यस्तै गत २४ घन्टामा देशभर रहेका सङ्क्रमितमध्ये १ हजार २ सय ६० जना स्वस्थ भएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमितपछि निको हुनेको सङ्ख्या ७ लाख ४० हजार ७ सय १७ पुगेको छ । गत २४ घन्टामा देशभर १६ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या १० हजार ९ सय ६५ पुगेको छ ।
Featured Posts – Style 1
अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी
2026-07-01 Comments Off on अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी
अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबीराजेन्द्र न्यौपाने१६ असार, गोरखा । राष्ट्रिय विभूति वडाकाजी अमरसिंह थापाको जन्म गोरखाको सिरानचोक...
थपाहिटी मिसा पुच: ललितपुरमा मुटुराेग सम्बन्धी अभिमुखिकरण सँगै BMI परीक्षण तथा रक्तचाप मापन कार्यक्रम सम्पन्न ।
2026-06-30 Comments Off on थपाहिटी मिसा पुच: ललितपुरमा मुटुराेग सम्बन्धी अभिमुखिकरण सँगै BMI परीक्षण तथा रक्तचाप मापन कार्यक्रम सम्पन्न ।
थपाहिटी मिसा पुच: ललितपुरमा मुटुराेग सम्बन्धी अभिमुखिकरण सँगै BMI परीक्षण तथा रक्तचाप मापन कार्यक्रम सम्पन्न ।ललितपुर ,थपाहिटी मिसा पुच: ललितपुर...
नेपालमा कुल मृत्युको झन्डै ७१ प्रतिशत कारण नसर्ने रोगहरू !
2026-06-30 Comments Off on नेपालमा कुल मृत्युको झन्डै ७१ प्रतिशत कारण नसर्ने रोगहरू !
नेपालमा कुल मृत्युको झन्डै ७१ प्रतिशत कारण नसर्ने रोगहरू बनेका छन् । मुटुरोग, क्यान्सर, मधुमेह र दीर्घ श्वासप्रश्वास जस्ता रोगहरू...
आ.व. २०८३।८४ का लागि भक्तपुर नगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित
2026-06-29 Comments Off on आ.व. २०८३।८४ का लागि भक्तपुर नगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित
आ.व. २०८३।८४ का लागि भक्तपुर नगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित २०८३ असार १५ गते, सोमबार भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा...
लागू औषध सहित प्रहरीद्वारा मानिस नियन्त्रणमा
2026-06-29 Comments Off on लागू औषध सहित प्रहरीद्वारा मानिस नियन्त्रणमा
लागू औषध सहित प्रहरीद्वारा मानिस नियन्त्रणमाभक्तपुर, असार १५ गतेभक्तपुर प्रहरीले प्रतिवादी राज थापा भएको लागू औषध सम्बन्धी कसुरमा प्रतिवादी थापासँगको...














