निपाह भाइरसप्रति सचेत रहन मन्त्रालयको आग्रह ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निपाह भाइरसको सङ्क्रमणप्रति सचेत रहन आग्रह गरेको छ । मन्त्रालयले भारतमा यस प्रकारको भाइरसको सङ्क्रमण देखिएकाले नेपालमा पनि फैलिन सक्ने भएकोले सचेत रहन आग्रह गरेको हो । मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले भारतसँग खुला सिमा भएकाले यहाँ पनि फैलिनसक्ने भएकाले सचेत रहन आग्रह गरिएको बताउनुभयो । भारतको केरला राज्यमा केही दिनदेखि निपाह भाइरसको सङ्क्रमण देखिएको छ । उहाँका अनुसार नेपालमा अहिलेसम्म उक्त भाइरसका सङ्क्रमित फेला परेका छैनन् । निपाह भाइरस एक प्रकारको पशुबाट मानिसमा सर्ने गम्भीर प्रकृतिको रोग लाग्ने भाइरस हो ।
यस भाइरस प्राकृतिकरुपमा ‘फूट ब्याट’ भन्ने प्रजातिको चमेरामा पाइन्छ । निपाह भाइरस जनावरबाट जनावर, जनावरबाट मानिस र मानिसबाट मानिसमा सर्ने गर्दछ । सङ्क्रमित चमेराबाट सुँगुर, गाई, गोरु जस्ता जनावर हुँदै मानिसमा सर्ने गर्दछ । यस्तै सङ्क्रमित पशुको संसर्गमा आएको फलफूल प्रयोग गरेमा, सङ्क्रमित व्यक्तिको रगत, दिसा र पिसावसँग प्रत्यक्ष सम्पर्कमा आएमा पनि निपाह भाइरस सर्ने गर्दछ । उक्त भाइरसका लक्षण ज्वरो आउने, रिङ्गटा लाग्ने, टाउको दुख्ने, मांसपेशी दुख्ने, वाकवाकी लाग्ने, श्वासप्रश्वासमा कठिनाइ हुने र टन्सिलाइटिस देखिने गर्दछ ।
यो रोग बढी सङ्क्रामक पनि हुने गरेको छ । निपाह भाइरसबाट बच्नका लागि फलफूल राम्रोसँग पखालेर मात्र खाने, तरकारी सकेसम्म पकाएर खाने, गाइबस्तुको गोठ र फार्म सफा राख्ने, मासु काट्दा र पकाउँदा पञ्जा र मास्कको प्रयोग गर्ने, सकेसम्म पानी उमालेर मात्र पिउने, बेलाबेलामा साबुनपानीले हात धुने, भीडभाडमा जाँदा मास्क लगाउने गर्नुपर्दछ । मन्त्रालयका प्रवक्ता डा पौडेलका अनुसार उक्त भाइरसबाट ४५ देखि ७५ प्रतिशत मानिसमा मृत्यु हुने जोखिम रहेको छ । विश्वस्वास्थ्य सङ्गठन ९डब्लुएचओ०ले निपाह भाइरसबाट सर्ने रोगलाई विश्वको १० प्राणघातक रोगमध्ये एक मानेको छ । उहाँले रोगको लक्षण देखिएमा उपचार गरिने बताउनुभयो । सङ्क्रमणको लक्षण देखिनासाथ नजिकै स्वास्थ्य संस्थामा उपचार गराउन मन्त्रालयले आग्रह गरेको छ ।
Featured Posts – Style 1
जिब्रो छेड्ने सुजनलाई बागमती प्रदेश सरकारले दियो २ लाख नगद
2026-04-16 Comments Off on जिब्रो छेड्ने सुजनलाई बागमती प्रदेश सरकारले दियो २ लाख नगद
जिब्रो छेड्ने सुजनलाई बागमती प्रदेश सरकारले दियो २ लाख नगद भक्तपुर । बोडेमा जिब्रो छेड्ने तयारीमा रहेका सुजन बाग श्रेष्ठलाई...
चैत्र महिनाभरीको भक्तपुर प्रहरीको कार्यसम्पादन विवरण सार्वजनिक
2026-04-16 Comments Off on चैत्र महिनाभरीको भक्तपुर प्रहरीको कार्यसम्पादन विवरण सार्वजनिक
चैत्र महिनाभरीको भक्तपुर प्रहरीको कार्यसम्पादन विवरण सार्वजनिकभक्तपुर, बैशाख २ गतेजिल्ला प्रहरी कार्यालय भक्तपुरले चैत्र महिनाभरी गरेका कार्य सम्पादनहरुको विवरण आज...
आइतबार विदा दिने निर्णय संधीयता विरुद्ध र स्वायतत्ता र विकेन्द्रीकरण सिद्धान्त विपरित
2026-04-15 Comments Off on आइतबार विदा दिने निर्णय संधीयता विरुद्ध र स्वायतत्ता र विकेन्द्रीकरण सिद्धान्त विपरित
आइतबार विदा दिने निर्णय संधीयता विरुद्ध र स्वायतत्ता र विकेन्द्रीकरण सिद्धान्त विपरितभक्तपुर, २ बैशाख । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलाई...
सय वर्षपछिको भक्तपुर पुस्तकको तेस्रो संस्करण सार्वजनिक
2026-04-12 Comments Off on सय वर्षपछिको भक्तपुर पुस्तकको तेस्रो संस्करण सार्वजनिक
सय वर्षपछिको भक्तपुर पुस्तकको तेस्रो संस्करण सार्वजनिकभक्तपुर, चैत्र २९ गतेभक्तपुर नगरपालिकाले सय वर्षपछिको भक्तपुर पुस्तकको तेस्रो सृंखला आज सार्वजनिक गरेको...
अपांगता सम्बन्धी रिपोटिङ्गका अनुभव र चुनौति बारे पत्रकार साक्षात्कार
2026-04-12 Comments Off on अपांगता सम्बन्धी रिपोटिङ्गका अनुभव र चुनौति बारे पत्रकार साक्षात्कार
अपांगता सम्बन्धी रिपोटिङ्गका अनुभव र चुनौति बारे पत्रकार साक्षात्कारभक्तपुर, चैत्र २९ गतेअपांगता समबन्धी रिपोटिङ्ग गर्दाका अनुभव र चुनौतीहरुका सवालहरुमा आज...














