कला संस्कृतिलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न दिक्षान्त समारोह आयोजना

कला संस्कृतिलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न दिक्षान्त समारोह आयोजना
भक्तपुर, श्रावण ३ गते
मुक्ति संगीत प्रशिक्षण केन्द्रको १८ औं स्थापना दिवसको उपलक्ष्यमा हालै पोङ्गा बाजा प्रशिक्षणको दिक्षान्त समारोह आयोजना गरेको छ । केन्द्रका अध्यक्ष मुक्तिसुन्दर जधारीको अध्यक्षतामा भएको सो समारोह कला संस्कृतिलाई नयाँ पुस्तामा हस्तान्तरण गरी परम्परालाई निरन्तारता दिइ राख्ने केन्द्र स्थापनाको उदेश्य अनुसार भएको हो ।


समारोहका प्रमुख अतिथि दबुलि नेपालका संरक्षक एवं कला तथा संस्कृतिविद्ध गणेशराम लाछिले प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र वितरण गर्नु भएको थियो । उहाँले सो अवसरमा नेपाल बहु भाषिक कला र संस्कृतिले भरिपूर्ण देश भएको प्रष्ट पार्दै परापूर्व काल देखि चलि आएको धेरै परम्परागत नाँचगान, बाजा, दाफा, भजनहरु लेप हुँदै जानु धेरै दुःखको कुरा भएको बताउनु भयो । यस्ता कला र संस्कृतिलाई जोगाउन सम्बन्धित सबैले ध्यान दिनुपर्नेमा जोड दिन्दै उहाँले भागबन्दाको आधारमा कला संस्कृति जोगाउन पदमा रहेकाहरुले मौलिक एवं परम्परागत शैलिलाई संरक्षण गर्ने तर्फ ध्यान दिन नसक्दा हाम्रो कला संस्कृति लोप हुँदै गएको बताउनु भयो । यसलाई जोगाउन सके मात्रै हाम्रो परिचय जोगिने र नयाँ पुस्ताको भविष्य उज्वल हुने विश्वास व्यक्त गर्नु भयो ।
कार्यक्रममा बाजा प्रशिक्षक श्रीभक्त सुवालले आफूले सिकेको शीप नै आफ्नो परिचय हुने भएकाले यसलाई आवश्यक बेला सहि प्रयोग गर्नुपर्ने बताउनु भयो । आयोजक समितिका प्रवन्धक निर्देशक एवं सभाध्यक्ष मुक्तिसुन्दर जधारीले लोप हुन लागेको कला र संस्कृति जोगाई नयाँ पुस्तामा आदर्श नागरिको भावना विका गर्नु नै केन्द्रको मुख्य उदेश्य रहेको प्रष्ट्याउनु भयो । समारोहमा रोशिका जधारी लगाएतले बोल्नु भएको सो समारोहमा प्रशिक्षार्थीहरुले आआफ्ना प्रतिभा प्रस्तुत गरेका थिए ।