जात्रा लगायतका पर्व घरमै मनाउन प्रशासनको आग्रह ।

जात्रा लगायतका पर्व घरमै मनाउन प्रशासनको आग्रह ।
कोरोनाको जोखिमलाई ध्यानमा राखी विभिन्न जात्रा लगायतका पर्व घरमै मनाउन काठमाडौं जिल्ला प्रशासन कार्यालयले आग्रह गरेकोछ । कोभिड–१९ को सङ्क्रमण तथा जोखिम दर उच्च रहेको स्मरण गराउँदै कार्यालयले सूचना जारी गर्दै जात्रा लगायतका पर्वहरु आयोजना गर्दा स्वास्थ्य प्रोटोकलको पूर्ण पालना गर्न र सकेसम्म घरमै मनाउन आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जनैपूर्णिमा तथा ऋषितर्पणी र गाईजात्रालगायतका पर्वहरु स्वास्थ्य प्रोटोकलको पूर्ण पालना हुने गरी परम्परागत रुपमा संकेतिक तवरले मनाउन आग्रह गर्नुभएको हो । उहाँले काठमाडौंमा कोरोनाको जोखिम उच्च रहेकाले सबैलाई सचेत र सावधान रहन पनि आग्रह गर्नुभयो । पछिल्लो समय काठमाडौं उपत्यकामध्ये काठमाडौं जिल्लामा दैनिक १ हजारदेखि १५ सयसम्म कोरोना सङ्क्रमित थपिने गरेका छन् । काठमाडौं जिल्ला अहिलेपनि कोरोनाको जोखिमयुक्त जिल्लामा रहेको छ ।