सदाचारका लागि टीआई नेपाल भक्तपुर अभियान जारी
भक्तपुर, असार ११ गते
कोभिड १९ सम्बन्धी विपद् ब्यवस्थापन कार्यमा जवाफदेहीता, पारदर्शिता र सदाचार कायम गराउन तथा भूकम्पपछिको पुनर्निर्माण प्रभावकारी बनाउन भक्तपुरका पत्रकारहरुसँग ट्रांन्सपरेन्सी इन्टरनेशनल नेपाल (टिआई नेपाल)ले बिहिबार भक्तपुरमा छलफल गरेको छ । विपद्को यो विषम परिस्थितिमा नेपालमा संक्रमणको संभावना कम गर्न तीनै तहका सरकारबाट भइहेका र अव हुने विपद् व्यवस्थापनका कार्यमा जवाफदेहिता, पारदर्शिता र सदाचार कायम गर्न टिआई नेपालले खेल्दै आएको भूमिका बारे चर्चा गर्दै टिआई नेपालका दिनानाथ भट्टराईले भूकम्पपछिको पुनर्निर्माण प्रभावकारी बनाउन, जनगुनासो व्यवस्थापन गर्न, एककोठे घर व्यवहारिक नभएको जस्तो नीति निर्माण र कार्यान्वयनका लागि सरोकारवाला निकायहरु बीच निरन्तर छलफल, पैरवी गर्दै आएको जनाउनु भयो । सरोकारवाला निकायसँग नियमित छलफल गर्दा पनि सहुलियत दरको ऋण बितरण प्रभावकारी हुन नसकेको उल्लेख गर्दै उहाँले शहरी क्षेत्रको पुनर्निर्माण यसले प्रभावित रहेको बताउनु भयो ।
उहाँले कोभिड १९ संक्रमण रोक्ने केन्द्र, प्रदेश र स्थानीय सरकारका राष्ट्यि, प्रादेशिक र स्थानीय योजनाहरुमा भ्रष्टाचार र अनियमिता हुनबाट रोक्ने र भएको खण्डमा कार्वाही गर्न जरुरी भएको उल्लेख गर्दै टिआई नेपालकोतर्फबाट बेला बेला विज्ञप्तिहरु जारी गरी सरोकारवाला निकायहरुको ध्यानाकर्षण तथा जवाफदेही बनाइरहेको बताउनु भयो । कोभिड १९ सम्बन्धी काम कारबार्ही बारे सूचना माग्न पाउने नागरिकको हकलाई सरकारद्वारा सम्मान गर्नुपर्नेमा जोड दिन्दै सरकारी प्रयास र कार्यमाथि संसद्द्वारा सक्रियरुपमा निर्देशन, अनुगमण र सुपरिवेक्षण गर्नुपर्नेमा जोड दिएका छन । टिआई नेपालका कानुनी अधिकृत समेत रहेका भट्टराईले लक डाउन खुकुलो भएपछि पुनर्निर्माणका गतिविधि अगाडी बढाउन शहरी क्षेत्रमा थप चुनौती रहेकाले यस वर्ष पनि सरोकारवाला निकायहरु बीच छलफल, सार्वजनिक सुनुवाई, अन्तरक्रिर्या गर्नुका साथै पुनर्निर्माण कार्यकालागि बजार अनुगमण, पुनर्निर्माणको निरिक्षण समेत गरी गुणस्तरीय पुनर्निर्माणमा सहजिकरण कार्य गर्ने बताउनु भयो ।
टीआई नेपालका मुख्य गतिविधी
टिआई नेपालले स्वास्थ्य सामग्री खरिद प्रकरणको छानविनिको माग गर्दै आएको उल्लेख गर्दै भूकम्पपछिको पुनर्निर्माण र पुनस्थापनामा सदाचारकालागि गर्दै आएको गतविधि बारे जानकारी दिन्दै भक्तपुर जिल्ला अधिकृत जुनु ढकालले गत वर्षका कार्यक्रममा विनियोजित बजेट ६,९१,५०० मा ३,६७, ८०४ मात्र खर्च भएको उल्लेख गर्दै टिआई नेपालले पुनर्निर्माण सम्बन्धी निजी आवास, सरकारी भवन, सम्पदा, विद्यालयको बारेमा पत्रकार मार्फत फेलोसिप तयार गरी प्रकाशन गरेको, विभिन्न समसामयिक विषयमा अनुसन्धान प्रतिवेदन सार्वजनिक गरेको, जिल्ला प्रशासन कार्यालय तथा अन्य सरोकारवालाको समन्वय र सहकार्यमा निर्माण सामग्री सम्बन्धी बजार अवलोकन गरी पुनर्निर्माणको क्रममा देखिएका विभिन्न समस्याका विषयमा समाधानको लागि पत्राचार, ध्यानाकर्षण र पहिल गरेकोे उल्लेख गर्दै सहायता कक्ष, गुनासो संकलन तथा सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरिहेको, पुनर्निर्माण सम्बन्धी निजी आवास, सरकारी भवन, विद्यालय, खानेपानी आयोजना, सम्पदाहरुको सरोकारवालाको सहभागितामा अवलोकन तथा छलफल गरेको तथा पुनर्निर्माण सम्बन्धी सरकारी निकाय, निजी क्षेत्र, स्थानीय जनप्रतिनिधी र सिमान्तकृत समुदायसाँग अन्तरर्कया र छलफल गरेको उल्लेख गर्नु भयो । हाल सम्म सो संस्थाले भक्तपुरमा ६७४ गुनासो प्राप्त गरेका मध्ये १२६ गुनासो यस वर्ष प्राप्त गेरेको जनाएको छ ।
सम्बद्ध निकायहरुलाई ध्यानाकर्षण गराइएका मुख्य विषयहरु
पुनर्निर्माण सम्बन्द्ध निकायहरुलाई सम्पदा पुनर्निर्माण समयमा सम्पन्न नभएको विषयमा पुरातत्व विभागलाई पत्राचार गरेको, मापदण्ड आउनु अगाबै निर्माण भएका घरहरुको सम्बन्धमा जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार भक्तपुरलाई पत्राचार गरेको, बजार अवलोकन गरी देखिएका विषयहरुमा चाँगुनारायण नगरपालिकालाई लिखित ध्यानाकर्षण गराइएको, विद्यालय पुनर्निर्माण सम्बन्धि संयक्त छलफल कार्यक्रम पश्चात देखिएका समस्याहरुलाई लिएर जिल्ला आयोजना कार्यन्वयन इकाई शिक्षामा लखित ध्यानाकर्षण गराइएको बताएको छ ।
पुनर्निर्माण सम्बन्धी गुनासोको प्रकृति र समाधानका लागि भएका पहल
नागरिकले दोस्रो र तेस्रो किस्ताको लागि सिफारिस गरेको लामो समय बितिसक्दा पनि किस्ता प्राप्त गर्न नसकेको, घर पूर्ण क्षति भएको तर लाभग्राही सूचिमा नाम ननिस्केको र भरेको गुनासोको प्रक्रिया कहाँ पुगेको भन्ने बारे जानकारी नभएको, घर पूर्ण क्षति भउको तर सर्वेक्षणमा प्रबलीकरणमा परेको हुनाले प्रवलिकरणबाट पूर्ण क्षतिमा जान चाहेको, पूर्ण क्षतिमा जान वडामा दिएको निवेदनको प्रक्रिया कहाँ पुगेको भन्ने जानकारी नभएको घर पुर्ण क्षति भउको स्थानको जग्गाको क्षेत्रफल कम भउको र वाटोको समस्याले र्दा नक्सापास गर्न समस्या भएको, किस्ताको सिफारिस गरेर बैंकमा रकम पठाइसकेपनि बैंकमा जाजँदा रकम नआएको भनी फर्काएको, जग्गा जोखिम स्थानमा भएको, अन्य स्थानमा ाघर बनाउन चोको, पारिवारिक समस्या । एकल महिला भएको कारण पुननिर्माण गर्न नसकेको,पुननिर्माण सम्बन्धी सामान्य सोधपुच्छ, जग्गाको लालपूर्जा नभएको, जग्गा आफ्नो नाममा नभएको, जग्गा संयुक्त नाममा भएको कारण किस्ता प्रक्रिया अघि बढाउन नसकेको, पहिलो किस्ता लिएको र आर्थिक समस्याका कारण घर निर्माण गर्न नसकेको किस्ता वितरणमा ढिलाई भएको संकलित पुनर्निर्माण सम्बन्धी गुनासोको प्रकृति समाधानमा पहल गरेको उल्लेख गरेका छन् ।
समाधानका लागि भएका पहलहरु
गुनासो संकलन गरे पश्चात सार्वजनिक सुनुवाईमा नगर प्रमुख वडा अध्यष तथा जिमाली प्रमुख तथा सरोकारवाला निकायद्वारा सहजीकरण गरिएको, सम्बन्धित निकायलाई पत्रमार्फत ध्यानाकषर्ण गराइएको, आएका समस्या समाधानको लागि सम्बन्धित निकायमा बुझेर पीडितलाई जानकारी गराई गुनासो समाधानको लागि पहल गरेको बताएको छ ।
भक्तपुर जिल्लामा पुनर्निर्माण सम्बन्धी विद्यमान समस्याहरु
भक्तपुर जिल्लामा पुनर्निर्माण सम्बन्धि विद्यमान समस्याहरुमा भूकम्पपिडितको आफ्नो नाममा जग्गा नहुनु, संयुक्त नाममा जमिन अंशवण्डाको समस्या, कम षेत्रफल रहेको जमिन, बाटोको मापदण्ड समया नआएको, स्वबासीहरुको समस्या, नक्सापास तथा अभिलेखिकरणको समस्या र शहरी क्षेत्र तथा आर्थिक अवस्था कमजोरहरु भक्तपुर जिल्लाको पुनर्निर्माणका विद्यमान समस्याहरु रहेको बताएको छ ।
हासिल भएका केही सफलताहरु
हासिल भएका केही सफलताहरुको रुपमा निर्माणाधिन इथाचा खानेपानी आयोजनामा अवलोकन पश्चात पत्राचार गरिए पश्चात होर्डिंग बोर्ड स्थापना तथा सरोकारवालालाई सूचना प्रदान गर्न सकिएको, राधाकृष्ण आधारभूत विदालयको निर्माण किस्ता प्राप्त गर्नमा ढिलाई भएकोमा जिलला आयोजना कार्यान्वयन इकाई शिक्षामा लिखित ध्यानाकर्षण गराइए पश्चात किस्ता निकासी भएको, सिमान्तकृत समुदायसँगको बैठक पश्चात देखिएका नक्सा पास, अशबण्डा भएको तर कित्ताकाटमा भएका समस्याहरु बारे सुनपा ८ वडा कार्यालयमा बसी तत्काल समाधान गरिएको र मापदण्ड आँउनु भन्दा अगाडी नै निर्माण भएका घरहरुको समस्या बारे ध्यानाकर्षण पश्चात समाधान गरिएको उल्लेख गरेको छ ।
आगामी बर्षका योजनाहरु
पुनर्निर्माणको आगामी वर्षको योजनाहरुमा नीति तथा प्रगति बारे सरोकारवालाहरुसंग बैठक, पुननिर्माण भइरहेका संरचनाको अवलोकन, संयुक्त विद्यालय छलफल कार्यक्रम, सार्वजनिक सुनुवाई कार्यक्रम, गुनासो संकलन कार्यक्रम, पत्रकारसाग बैठक, सफलताको कथा लेखन, पत्रकारलाई फेलोसिप लेखन प्रदान, बित्तिय प्रतिवेदन संकलन तथा छलफल, संघ संस्था तथा बैंकसंग छलफल, गैसससँग छलफल, सिमान्तकृत बर्गसंग हस्ताक्षर र विभिन्न बिषयमा अनुसन्धान प्रतिवेदन सार्वजनिक लगायत अन्य कार्यक्रमहरु आयोजना गर्न ३ लाख ७२ हजार ५ सय मात्र बजेट ब्यवस्थापन गरेको उहाँले जनाएको छ ।














