‘सरकारले सरासर झुठ बोल्यो’

भक्तपुर । रुस युक्रेन युद्धका कारण देखाउँंदै पेट्रोलियम पदार्थको अभाब भएको भन्दै सरकारका जिम्मेवार पदाधिकारीहरुले सरासर झुठ बोलेको बुधबार भक्तपुरमा आयोजित एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । राष्टिय उपभोक्ता मञ्च भक्तपुर र भक्तपुरको सूर्यविनायक नगरपालिकाले बुधबार भक्तपुरमा गरेको व्यवसायिक उपभोक्ता सचेतना कार्यक्रमका वक्ताहरुले रुस युक्रेन युद्धका कारण पेट्रोलियम पदार्थको अभाब नभएको दावी गरे ।


आयोजक राष्टिय उपभोक्ता मञ्चका केन्द्रिय अध्यक्ष प्रेमलाल महर्जनले सरकारका मन्त्रीहरुले नै यसरी सफेद झुठ बोल्नु पराकाष्ठा नै नाघ्नु भएको बताए । उनले सरकार गैरजिम्मेबार भएर प्रस्तुत भएको भन्दै आक्रोससमेत प्रकट गरे ।
कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले व्यापारी र उपभोक्ता मिलेर अगाडि वढेमा व्यापार व्यवसायको अनुगमन नै गर्न नपर्ने बताइन् । आफू पनि उपभोक्ता हो भनी व्यापारीले वदमासी नगरे कारबाही नै गर्नुपर्ने अवस्था नआउने उनले बताइन् ।
सूर्यविनायक नगरपालिकाका उपप्रमुख सरिता भटराईले खाद्य स्वाच्छता सवैको मौलिक अधिकार भएको बताइन् । उनले सवैले स्वच्छ खान पाउने अधिकार सुनिश्चित गर्नुपर्ने बताइन् ।