भोटेकोशी बाढी पीडितका लागि भक्तपुरका लेखापढी व्यवसायीहरुको २ लाखभन्दा बढी राहत सहयोग ।

भोटेकोशी बाढी पीडितका लागि भक्तपुरका लेखापढी व्यवसायीहरुको २ लाखभन्दा बढी राहत सहयोग ।

भक्तपुर।
नेपाल लेखापढी व्यवसायी एसोसिएसन जिल्ला समिति भक्तपुरले रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायका लागि २ लाख ५ सय रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।

भोटेकोशी नदीमा आएको आकस्मिक र विनाशकारी बाढीका कारण भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै एसोसिएसनले उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा सोमबार सो रकम जम्मा गरेका हुन ।

सो बारे एसोसिएसनका अध्यक्ष रामशरण राणा सहितको टोलीले भक्तपुरका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्का समक्ष जानकारी पत्र बुझाएका थिए ।

सो बारे संस्थाका सचिव आशिष घिमिरेद्वारा जारी प्रेस विज्ञप्तिअनुसार भक्तपुर जिल्ला समितिको तर्फबाट ५७ हजार रुपैयाँ र लेखापढी व्यवसायी तथा शुभेच्छुकहरूबाट सङ्कलित १ लाख ४३ हजार ५ सय रुपैयाँ गरी कुल २ लाख ५ सय रुपैयाँ राहत कोषमा दाखिलाका हुन ।

एसोसिएसनले आज एक विज्ञप्ति जारी गरी बाढीका कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ। साथै, यो सहयोग रकम विपद्को घडीमा पीडितहरूका लागि मानवीय संवेदना, ऐक्यबद्धता र सद्भावको प्रतीक भएको जनाउँदै राष्ट्रिय विपद्को यस समयमा आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग पु¥याउन सम्पूर्णमा अपिलसमेत गरिएको छ।