भक्तपुरमा आदर्श दाइजो रहित विवाह सम्पन्न
भाद्र २७, २०८३ भक्तपुर। पूर्णब्रह्म कबीर उपासक समाज नेपालको संयोजनमा भक्तपुर नामदान केन्द्र, सिर्जना नगरमा आयोजित विशेष समारोहमा पूजन अधिकारी (पूजन दास) र सुदेष्णा पाण्डे (सुदेष्णा दासी) बीच आदर्श दहेजमुक्त विवाह सम्पन्न भएको छ।
दुलाहा पूजन अधिकारी काठमाडौंको थानकोत निवासी सदानन्द अधिकारी तथा कविता कार्कीका छोरा हुन् भने दुलही सुदेष्णा पाण्डे बोसी गाउँ, नैकाप काठमाडौं निवासी सुजन पाण्डे तथा दुर्गा पाण्डेकी छोरी हुन्। सन्त रामपाल जी महाराजको शिक्षाबाट प्रेरित यस अभियानअन्तर्गत भएको यो विवाहमा कुनै पनि प्रकारको दाइजो वा आडम्बर राखिएको थिएन।


कार्यक्रममा ठूलो खर्च वा भड्किलो आयोजना गरिएको थिएन। यसले अभिभावकहरूलाई आर्थिक र मानसिक बोझबाट मुक्त गराएको छ। समाजमा दाइजोकै कारण हुने दुर्घटना र अमानवीय घटनाहरू रोक्न यस्ता अभियानले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।
समारोहमा उपस्थित अतिथिहरूले यस पहलको मुक्तकण्ठले प्रशंसा गर्दै भने कि यस्ता कार्यले समाजमा व्याप्त कुरीतिहरूमाथि प्रहार गर्दै सकारात्मक परिवर्तन ल्याउनेछ। पूर्णब्रह्म कबीर उपासक समाज नेपालले सञ्चालन गरेको यो अभियान वास्तविक रूपमा समाजको भलाइ र उत्थानका लागि समर्पित रहेको उल्लेख गरिएको छ।














