तःमुज्यामा आमत्रणकालागि सुकुन्दा र्याली
भक्तपुर, असोज २७ गते
४४ औं नेपाल भाषा साहित्य तःमुज्या तथा साँस्कृतिक ब्वज्याको अन्तिम तयारी पूरा गरेको छ । हरेक वर्ष विजया दशमी पश्चात द्वादर्शी र त्रयोदर्शीका दिन आयोजना हुँदै आएको नेपाल भाषा साहित्य तःमुज्याको ४४ औं सृखला यस वर्ष भक्तपुर नगरको कमलविनायकस्थित लामुगःमा आयोजनाको तयारी गरेको हो ।


तःमुज्याको तयारी पूरा गरेसँगै आज साँझ सबै दर्शकहरुलाई निम्तो दिदै सुकुन्दा र्याली आयोजना गरेको छ । आयोजक ४४ औं नेपाल भाषा साहित्य तःमुज्याको ग्वसाखलले आयोजना गरेको सो सुकुन्दा र्यालीमा सयौ संख्यामा महिला तथा दिदी बहिनीहरु हाकुपतासि पोसाकमा सजिएर हात हातमा सुकुन्दा बाल्दै साँस्कृतिक बाजा सहित नगरवासीहरुलाई तःमुज्यामा सहभागिताका लागि आमन्त्रण गरेका हुन । सुकुन्दा र्याली कमलविनायकबाट च्याम्हासिह, दत्तात्रय, स्कूलढोका, तौमढी, नासमना, बंसगोपाल, इटाछें हुन्दै दरवार क्षेत्र च्वछे, नाग पोखरी हुँदै कमलविनायक ्र४४ औं तःमुज्या स्थलसम्म आयोजना भएको थियो । ४४ औं तःमुज्याका अध्यक्ष कृष्णभक्त लवजुको संयोजकत्वमा अयोजित सो सुकुन्दा र्यालीसँगै सोमबार र मंगलबार अर्थात असोज २८ र २९ गते हुने तःमुज्याको तयारी पूरा गरेको छ ।














