भक्तपुरका निजि सेक्टर, पत्रकार तथा नागरिक समाजसँग महिला जागरण तथा विकास केन्दको कार्यशाला गोष्ठी
भक्तपुर, पुस १ गते
महिला तथा बालबालिकाको मानव अधिकार संरक्षण र सम्बद्र्धनका लागि महिला जागरण तथा विकास केन्द्रले मंगलबार भक्तपुरमा निजि सेक्टर, पत्रकार तथा नागरिक समाजसँग कार्यशाला गोष्ठी आयोजना गरेको छ ।
न्यायको लागि क्षमता अभिवृद्धि, सशक्तिकरण र आर्थिक सहायता दिदै केन्द्रले स्थानीय महिलाहरुलाई नितिगत बहस पैरवी, सिपमूलक तालिम दिएर आत्मनिर्भर बनाउदै आएको उल्लेख गर्दै केन्द्रका पूर्व अध्यक्ष डा. अनिता श्रेष्ठले स्थानीय पालिका र वडाको समन्वयले स्थानीय महिला आत्मनिभर बन्न सक्ने बताएकी छन् । उहाँले लैङ्गिक समानता, समतामूलक सामाजिक न्यायकालागि महिलाहरु आर्थिकरुपमा पनि सवल बन्नुपर्नेमा जोड दिदै आर्थिक सवलिकरणसँगै महिलाहरु हरेक क्षेत्रमा नेतृत्वदायी भूमिकामा आउन सक्ने दाबी गरेकीछिन् । अभियान्ता श्रेष्ठले महिलाको आर्थिक न्याय र अधिकार सुनिश्चितताले मात्रै महिला तथा बालबालिकाहरुको मानवअधिकार संरक्षण र सम्बद्र्धन हुन सक्ने बताएकी हुन् । सिमान्तकृत समुदायको न्यायमा पहुँच सुनिश्चितताको लागि लैङ्गिक समानता तथा समावेशी न्यायको अवधारणा बारे प्रस्तुतीकरण गर्दै उहाँले बहिष्करणबाट सशक्तिकरणसम्मको कलावतीको यात्राको कथा पनि सो अवसरमा प्रस्तुत गर्नु भयो ।


सो अवसरमा अधिवक्ता एवं प्रा.डा.शशी अधिकारीले “सबै महिला र बालिकाहरु विरुद्ध डिजिटल हिंसा अन्त्य गर्न एकजुट हुनुहोस्” भन्दै डिजिटल हिंसा महिला र बालिकाहरु विरुद्ध हुने हिसाको सवैभन्दा जटिल र बढ्दो रुप बनेको बताउनु भयो । विश्वमा डिजिटल हिंसा महिला र बालिकाहरु विरुद्ध हुने हिसाको सवैभन्दा जटिल र बढ्दो रुप बनेको भन्दै उहाँले विश्व कै तथ्याङ्क हेर्दा ५८ प्रतिशत भन्दा बढी महिलाहरु अनलाइन हिंसाको शिकार भएका छन् भन्नु भयो । ९० देखि ९५ प्रतिशत सफेद झुट महिलाका यौन तस्बिरहरु÷ भिडियोहरुको प्रचार गर्ने्, ४ मध्ये १ महिला पत्रकारलाई अनलाइन मार्फत ज्यान मार्ने धम्की दिने गरेको, ३ मध्ये १ महिला सांसदलाई अनलाइन मार्फत ज्यान मार्ने धम्की दिने गरेको तथ्यांग प्रस्तुत गर्नु भयो ।
नेपालमा साइवर ब्यूरोका अनुसार झण्डै ४५ प्रतिशत महिला र बालिकाहरु माथि चरित्र हत्या गर्नका लागि झुठ्ठा समाचारहरु सामाजिक संजालहरुमा राख्ने गरेको तथ्याङ्क रहेको बताउनु भयो । नेपाल प्रहरिको तथ्याङ्कमा जर्वजस्ति करणी दर्ता भएका २,२५३ र बालयौन दुव्र्यवहार ३५५ रहेको चर्चा गर्दै महिलाले पैत्रृक सम्पति पाउने हकबाट बन्चित गर्न नहुने तर्क राख्नु भयो । आफ्नो घरमा बुहारी भित्र्याउँदा बुहारीको माईतिबाट कुनै पनि दाइजो स्विकार नगरेको उल्लेख गर्दै अधिवक्ता अधिकारीले महिलाहरुको यौनी र पाठ्यघर परिक्षण गरेर मात्रै पैत्रृक सम्पति पाउने नपाउने फैसला गर्नु सान्दर्भिक नभएको बताएकी छिन् ।
हालै सम्पन्न १६ दिने महिला हिंसा विरुद्धको अभियान र डिसेम्बर १०को अन्तराष्ट्रिय मानव अधिकार दिवसको सन्दर्भलाई जोड्दै उहाँले महिलाहरु आर्थिकरुपले सबल बनेपछि मात्रै हरेक क्षेत्रमा अगाडी आउन सक्ने दाबी गरेकी छिन् ।
सो अवसरमा मानिसको जन्म, जन्मदर्ता, विवाह, विवाह दर्ता, सम्बन्ध विच्छेड, सम्पतिको हक सम्बन्धि आधारभूत ज्ञान बारे समेत प्रशिक्षण दिदै वार्षिक कार्यक्रमहरुको समीक्षा र आगामी वर्षका कार्यक्रमहरु बारे जानकारी दिएका थिए । सो कार्यक्रममा केन्द्रका मनिता मुठभरीले सहजिकरण गरेकी थिइन । सो अवसरमा सहभागि महिलाहरुले केन्द्रले दिएको ज्ञानसिपको सदुपयोग गरी आफूहरुले क्याटरिङ्ग व्यवसाय सञ्चालन गरी धेरै महिलाहरुलाई रोजगार सृजना गरी स्थानीय वडा, पालिकाका जनप्रतिनिधी र संघ संस्थाहरुसँग पनि आत्मिय सम्बन्ध विस्तार गर्दै आएको बताएका थिए । पहिला केही गर्न नसक्ने, ज्ञानसिप र श्रोत सामग्री समेत नभएको बेला केन्द्रले दिएको सिपसँगै आआफ्नो घरमा भएका भाडाकुडाहरुको उपयोग गरी अहिले व्यवसायिक रुपमा खाजा, खानाको क्याटरिङ्ग सेवा दिन सवल भएको उहाँहरुले आफ्नो सफलताका कथा सुनाएकी थिइन । पहिला २।४ जना घर परिवारकालागि मात्रै खाना, खाजा बनाउन सक्ने भएका हामी महिलाहरु अहिले सयौ जनालाई स्वादिष्ट, खाना खाजा पस्कन सक्ने भएका छौं उहाँहरुले भने ।












