पुस छ गते बनेपामा दोस्रो तःमुज्या आयोजना हुने
बनेपा, मंसिर १२ गते
काभ्रेपलान्चोक जिल्लाको बनेपा शहरमा दोस्रो नेपाल भाषा साहित्य सम्मेलन हुने भएको छ । निक्वःगु नेपाल भाषा साहित्य तःमुज्या ग्वसाखल, भ्वंत काभ्रेको आयोजनामा आगामी पुस ६ गते तःमुज्या आयोजना गर्ने भएको हो । बनेपाको अरनिको पार्टी प्यालेसमा सो दिन बिहान ११ बजेबाट सुरु हुने सो तःमुज्यामा सहभागि हुन इच्छुक महानुभावहरुलाई आ आफ्नो साहित्य र साँस्कृतिक विधा दर्ता गर्न आह्वान पनि गरेको छ । तःमुज्यामा वाचन हुने साहित्य २ हजार शब्द भन्दा कम र १० मिनेटभित्र वाचन गरि सक्नुपर्ने आयोजक समितिले जनाएको छ । दोस्रो तःमुज्या सफल पार्न पुस ५ गते बनेपामा सुकुन्दा र्याली आयोजना गर्ने कार्यक्रम पनि रहेको छ ।
















