कोरोनाले भक्तपुरकी एक महिला सहित थप  ३ जनाको मृत्यु

कोरोनाले भक्तपुरकी एक महिला सहित थप  ३ जनाको मृत्यु

 

काठमाडौं । कोरोना भाइरसले संक्रमित भक्तपुरकी एक महिला सहित  बुधबार  ३ जनाको मृत्यु भएको छ |

कोरोनाले संक्रमित पाटन अस्पतालमा उपचाररत भक्तपुर सूर्यविनायककी ६१ वर्षीय महिलाको बुधबार बिहान  मृत्यु भएकी हुन् भने  धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मोरङको बुढिगंगा गाउँपालिका वडा नम्बर– २ की ६७ बर्षिया महिलाको पनि निधन भएको छ  । यसै गरि चितवनको खैरेनी नगरपालिका गोठेश्वरका १ सय ८ वर्षीया जेष्ट  महिलाको कोरोना संकमित अवस्थामा मृत्यु भएको छ ।