उत्कृष्ठ खेलाडी सम्मानित गर्दै गुरु पूर्णिमा मनाइयो ।

उत्कृष्ठ खेलाडी सम्मानित गर्दै गुरु पूर्णिमा मनाइयो ।
भक्तपुर, श्रावण १३ गते
भक्तपुर जिल्ला सितोरियो कराते संघले आज गुरु पूर्णिमाको अवसरमा बंलादेशमा हालै सम्पन्न १० औं दक्षिण एसियाली च्याम्पियनशिलमा स्वार्ण पदक बिजेता सो डोजोका खेलाडी पूर्णिमा खत्रीलाई सम्मानित गरेको थियो । गुरु रोशन प्रजापतिले उत्कृष्ठ खेलाडी खत्रीलाई रातो टिका र खाडा सहित सम्मानित गरेका हुन भने सो डोजोमा रहेका खेलाडी, गुरुजनहरु बीच गुरु पूर्णिमाको अवसरमा शुभकामना आदान प्रदान गरी यस वर्षको गुरुपूर्णिमा मनाएका हुन ।
डोजोका प्रमुख प्रशिक्षक रामशरण त्वातिको सभापतित्वमा आयोजित सो कार्यक्रममा करातेका वरिष्ठ प्रशिक्षक, रोशन प्रजापति, राजन चित्रकार, केपी, राजु सिंह बजिक्व, स्वतन्त्र पत्रकार संघका केन्द्रीय सदस्य प्रेमध्वज लामा सहितका अतिथिहरुको सहभागितामा गुरु पूर्णिमा पर्व मनाएका हुन । सो डोजोले साँधुरो कबडहल र खेल पूर्वाधार बीच राष्ट्रिय, अन्तर्राष्ट्रिय खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका खेल्दै आएको सहायक प्रशिक्षक सूर्यवहादुर लामाले जनाएको छ ।
गुरु पूर्णिमाको अवसरमा केक काटेर करातेका प्रशिक्षक र खेलाडीहरु बीच शुभकामना आदानप्रदान गरी गुरुपूर्णिमा पर्व मनाएका हुन । सो कार्यक्रममा स्वतन्त्र पत्रकार संघका केन्द्रीय सदस्य, सुरेश सैंजू, सल्लाहकार कृष्ण किसी र भक्तपुर जिल्ला अध्यक्ष रेणु त्वायनाबासु सहितका पत्रकारहरुको पनि सहभागिता थियो ।