वागमती प्रदेश प्रमुख देवकोटाले गरे भक्तपुर बचत र भक्तपुर आदर निकेतनको अवलोकन

वागमती प्रदेश प्रमुख देवकोटाले गरे भक्तपुर बचत र भक्तपुर आदर निकेतनको अवलोकन
भक्तपुर, २९ जेठ
वागमती प्रदेश प्रमुख दिपक प्रसाद देवकोटाले शुक्रबार भक्तपुर च्याम्हासिंहस्थित भक्तपुर बचत तथा ऋण सहकारी संस्था र भक्तपुर आदर निकेतनको अवलोकन भ्रमण गर्नुभएको छ । अवलोकन भ्रमणको क्रममा प्रदेश प्रमुख देवकोटाले एक दुई जनाले सहकारीमा गरेको बदमासीका कारण प्राधिकरणले सबै सहकारीलाई एकै कित्तामा राखेर हेर्नु गलत भएको बताउनुभयो । सामुदायिक बचत कोष र सहकारी क्षेत्रमा लामो समय लागेका देवकोटा उद्यमशीलता र मानवीय सेवाबाट स्वस्पूmर्त रुपमा लागेको उहाँको भनाइ छ । उहाँले संस्थाका लागि आपूmले देशको कानुन र संविधानले दिएको अधिकारभित्र रही साथ र सहयोग दिनसक्ने बताउनुभयो । उहाँले कच्चापदार्थलाई प्रशोधन गर्ने कार्यमा लाग्न शेयर सदस्यहरुलाई उत्साहित गर्नुपर्ने बताउनुभयो । समुदायमा आधारित सहकारीले गरेको कार्यको मनन गर्दै संस्थाको लागि आपूmले गर्न सक्ने सहयोग प्रदान गर्ने उहाँको भनाइ छ ।

संस्थाका अध्यक्ष निर्मल प्रजापतिले भ्रमण टोलीलाई स्वागत गर्दै संस्थाको विगत र वर्तमान अवस्थाबारे जानकारी गराउनुभयो । साथै उहाँले संस्थाबाट दिएका विभिन्न किसिमका सिपमूलक र रोजगारमूलक तालिमहरुबारे स्पष्ट पार्नुभयो । उहाँले प्राधिकरणले ल्याएका निर्देशनले सहकारी क्षेत्रलाई स्वनियम र स्वायतताबाट नियन्त्रणमा ल्याएको बताउनुभयो । ४ अर्ब ४३ करोडको वासलात रहेको उक्त संस्थामा प्राधिकरणका नीति तथा निर्देशिकाले शेयर सदस्यहरुमा ठूलो प्रभाव पार्ने औंल्याउनु्भयो ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष रुकमणी देवकोटाले संस्थाले गरेको राम्रो कार्यको प्रशंसा गर्दै नयाँ पुस्तालाई संस्थाले आबद्ध गर्दै लगेकोमा खुशी व्यक्त गर्नुभयो ।
उद्योग तथा वाणिज्य कार्यालयका कार्यालय प्रमुख राम प्रसाद कासुलाले उद्योग र व्यवसायलाई सहकारीले प्रबद्र्धन गरिराखेको बताउँदै उहाँले घरेलु उद्योग र व्यवसायमा आधारित तालिम तथा कार्यक्रम गर्दा समन्वय गर्न चासो व्यक्त गर्नुभयो । सरकारकै कार्यक्रममा संस्थाले टेवा पु¥याइरहेको बताउँदै उहाँले कार्यालयबाट विभिन्न खालका उद्यमीहरुलाई अभिमुखीकरण गर्दै आएको स्पष्ट पार्नुभयो ।
संस्थाका संस्थापक अध्यक्ष सत्यनारायण प्रजापतिले समुदायमा आधारित यो संस्थाले गरेका तालिमहरुले समुदायकै हित हुने भएकाले प्रदेश प्रमुखलगायतबाट सहयोगको अपेक्षा गर्नुभयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष प्रजापतिबाट प्रदेश प्रमुखलगायतका भ्रमण टोलीका सदस्यहरुलाई मायाको चिनो वितरण गर्नुभएको थियो । उक्त टोलीलाई सञ्चालक समिति, लेखा सुपरीवेक्षण समितिका पदाधिकारीकारी, सल्लाहकार र कर्मचारीहरुबाट स्वागत गरेको थियो ।