मनोहरा नदीका सुकुम्वासी सुरक्षित क्षेत्रमा सर्दै
काठमाडौँ, ११ वैशाख
मनोहरा नदि क्षेत्रका सुकुम्बासीहरु आफै सुरक्षित क्षेत्रमा वसाई सर्न थालेका छन् । असुरक्षित रुपमा नदिकिनारामा वर्षाै देखि बसोबास गर्दै आएका सुकुवासी समुदायले आआफ्नो सरसामान गाडीमा लोड गरेर सुरक्षित गणतव्यतिर लाग्ने थालेका हुन । नेपाल प्रहरीले सरकारको सुकुम्वासी व्यवस्थापन अभियान अन्तर्गत सुकुम्वासी भूमिहिन व्यवस्थापन प्रक्रियालाई सघाउन प्रहरीले अनुरोध गरेपछि सुकुम्बासी समुदाय सुरक्षित क्षेत्रतर्फ सरेका हुन । सोक्षेत्रमा १ हजार २ सय परिवार वसोवास गर्दै आएको भक्तपुर रेडक्रस सोसाईटीको आकलन छ । सो क्षेत्रका सुकुम्बासी वस्तीको उथानशिलताकालागि भक्तपुर रेडक्रस सोसाईटीले विभिन्न तालिमहरु दिदै आएको थियो । यसैक्रममा नेपाल मानव अधिकार संगठनले वास्तविक सुकुम्वासीहरुको पहिचान गरी आवश्यक व्यवस्थापन गर्न सरकारलाई पत्राचार गरेको थियो ।
ड्ड यता प्रहरीले भने वास्तविक सुकुम्वासीलाई आफ्नो हक, अधिकार मिच्ने नक्कली सुकुम्वासी÷भूमिहीन व्यक्तिहरूको पहिचान गरेर सहयोग गर्न आग्रह गर्दै आएको छ। साथै प्रहरीले वास्तविक सुकुम्वासी÷भूमिहीनहरू एकजुट भएर राज्यले गर्न लागेको व्यवस्थापन कार्यमा सहयोग तथा सहकार्य गरी सुरक्षा निकायलाई समयमा सही सूचना दिन पनि आग्रह गरेको छ । भक्तपुरस्थित मनोहरा सुकुवासी क्षेत्रबाट एक महिला जनप्रतिनिधी पनि चयन भएको थियो । सरकारले भने शहरलाई सफा गर्न तथा बाढीको जोखिम व्यवस्थापन गर्न सुकुम्वासी हटाएर सुरक्षित क्षेत्रमा सार्न खोजेको बताएको छ तर कुन ठाउँमा सार्ने भन्ने सावलमा सरकारले बताएको छैन तर हटाउन बल भन्ने प्रयोग नगर्ने जनाएको छ । यता काठमाण्डौ महानगरपालकाका प्रवक्ता नविन मानन्घरले विस्थापित सुकुम्बासीहरुलाई खाने र बस्ने व्यवस्थापन काठमाण्डौ महानगरपालिकाले गर्ने जनाएको छ ।

















