भक्तपुर निर्वाचन क्षेत्र नं. १मा ७३.११ प्रतिशत मतदान

भक्तपुर निर्वाचन क्षेत्र नं. १मा ७३.११ प्रतिशत मतदान
भक्तपुर, फागुण २२ गते
भक्तपुर निर्वाचन क्षेत्र नं. १मा रहेका १ लाख ७ हजार ५४ मतदाताहरु मध्ये ३८५८४ पुरुष र ३९७०८ महिला गरी ७८२७२ मतदान भएको जिल्ला निर्वाचन कार्यालय भक्तपुरले जनाएको छ । यो खसेको मतको ७३.११ मत रहेको सो कार्यालयले जनाएको छ । मतदान भएको संख्या यकिन गरी सर्वदलिय बैठक पछि मतगणना पनि सुरु भएको छ ।