निर्वाचन प्रचार प्रसारमा नेमकिपा, भक्तपु नगर टोल टोलमा सभा

निर्वाचन प्रचार प्रसारमा नेमकिपा, भक्तपुर नगरका टोल टोलमा सभा
भक्तपुर, फाल्गुण ६ गते
आसन्न फागुण २१ गतेको प्रतिनिधी सभा सदस्य निर्वाचनमा अत्यधिक मतले विजयी गराउन नेपाल मजदुर किसान पार्टीले भक्तपुर नगरका टोल टोलमा सभा आयोजना गरिरहेका छन् । देश बचाउने र देश बिगार्ने बीचको लडाईको रुपमा देश र जनताको सेवाकालागि नेपाल मजदुर किसान पार्टी निर्वाचनमा होमिएको भन्दै मतदाताहरुको बीचमा पुगि रहेका हुन् । यसैक्रममा हिजो भक्तपुर नगरपालिका वडा नं १स्थित भार्वाच्वमा चोक सभा आयोजना गरेको नेमकिपा भक्तपुर नगर समितिले आज भक्तपुर नगरपालिका वडा नं. ७को गोलमढीमा चुनावी सभा आयोजना गरेको छ। देशघाटी पार्टी विरुद्ध राष्ट्र्यि सार्भभौमिकता रक्षा र विदेशी हस्तक्षेप विरुद्ध जनतालाई प्रशिक्षित पार्न निर्वाचनलाई नेमकिपाले उपयोग गर्दै आएको छ। । भक्तपुर निर्वाचन क्षेत्र नं. १का उम्मेदवार एवं नेमकिपाका सचिव प्रेम सुवालको प्रमुख आतिथ्यतामा स्थानीय वडा निर्वाचन परिचालन समितिको आयोजनामा चुनावी प्रचार प्रचार सभा आयोजना गरिरहेको हो । चुनावी प्रचार प्रसार कार्यक्रम अन्तर्गत आज गोलमढीमा आयोजना भइरहेको छ भने भोली ताहाव्यासीमा चुनावी सभा आयोजना गर्ने कार्यक्रम रहेको छ । यसै बीच नेमकिपा भक्तपुनगरले फाल्गुण १८ गतेसम्मको चिर्वाचन कार्यक्रमहरु सार्वजनिक गरेको छ।