मध्यपुर थिमीमा उपत्यकाव्यापी धिमे बाजा प्रतियोगितासँगै मिनि फुड फेस्टिवल हुने

मध्यपुर थिमीमा उपत्यकाव्यापी धिमे बाजा प्रतियोगितासँगै मिनि फुड फेस्टिवल हुने
माध्यपुर, चैत्र १३ गते
मध्यपुर थिमीको बोडेमा उपत्यकाव्यापी धिमे प्रतियोगिता आयोजना हुने भएको छ। मध्यपुर थिमी नगरपालिकाको पर्यटन गुरुयोजना अनुसार स्थानिय उत्पादनको प्रबर्द्धन गरी पर्यटन र आय आर्जनमा जोड्ने उदेश्यले धिमे बाजा प्रतियोगिता सँगै संस्कृतिक मेला र फोटो प्रदर्शनी आयोजना गर्ने भएका हुन । नगरपालिकाको आयोजनामा स्थानीय लाकुछेँ धिमे गुठी र खपला धिमे गुठीको सहकार्यमा हुने सो प्रतियोगितामा ४० वटा टिम सहभागि हुने भन्दै आयोजक समितिले आज मध्यपुर थिमीको बोडेमा आयोजित पत्रकार सम्मेलनमा सो प्रतियोगिता यही चैत्र २६ गते गर्ने मेला सयोजक दिलकृष्ण प्रजापतिले जानकारी दिएका छन् ।
नेवार संस्कृति र सभ्यतासँग जोडिएको धिमे बाजा प्रतियोगितासँगै मिनि फेस्टिवल पनि हुने भन्दै आयोजक समितिल धिमे बाजा प्रतियोगितामा प्रथम पुरस्कारः रु. ५०,००० शिल्ड तथा प्रमाणपत्र, द्वितीय पुरस्कारः रु. २५,००० शिल्ड तथा प्रमाणपत्र, तृतीय पुरस्कारः रु. १५,००० शिल्ड तथा प्रमाणपत्र सान्त्वना पुरस्कारः रु. १०,००० शिल्ड तथा प्रमाणपत्र रहेको जनाएको छ ।
धिमे बाजा प्रतियोगितासँगै मध्यपुर थिमीको कला संस्कृति र जनजीवन झल्किने फोटो प्रदर्शनीसँगै सांस्कृतिक प्रस्तुती एवं फुड फेटिवल पनि आयोजना गर्ने भएको हो । मध्यपुर थिमी पर्यटन विकास समिति, भक्रपुर घरेलु तथा साना उद्योग संघ, भक्तपुर चेम्वर अफ कमर्श सहितका संघ संस्थाहरुको सक्रिय सहभागिता र व्यवस्थापनमा फुड फेस्टिवल तथा स्टल प्रदर्शनी पनि आयोजना हुने समितिका संयोजक रमेश प्रजापतिले जनाएको छ । मध्यपुर थिमीको जन्म देखि मृत्युसम्म जोडिएका ऐतिहासिक तथा सांस्कृति परम्पराहरु, मौलिक उत्पादनहरुको जीवन्त प्रदर्शनी समेतको सहभागितामा धिमे बाजा प्रतियोगिता आयोजना हुने जनाएका हुन । २५ स्टल रहने सो प्रदर्शनीले मध्यपुरको पहिचान झल्किने, स्थानीय उपत्पदान प्रवर्दधनका साथै पर्यटन विकासमा टेवा पुग्ने कुरामा भक्तपुर चेम्वरका अध्यक्ष कविराज श्रेष्ठले जानकारी दिएका छन् ।


नेवार संस्कृति र सभ्यतासँग जोडिएको धिमे बाजा प्रतियोगितासँगै मिनि फेस्टिवल पनि हुने भन्दै आयोजक समितिले पत्रकार सम्मेलनमा जारी गरेको प्रेस विज्ञप्ति यस प्रकार छ ।

‘हाम्रो कला हाम्रो संस्कृति, मध्यपुर थिमी हाम्रो सम्पति’
मध्यपुर थिमी नगरपालिकाको आयोजना तथा लाकुछें धिमे गुठी र खपला धिमे गुठीको सहकार्यमा उपत्यका ब्यापी धिमे बाजा प्रतियोगिता तथा संस्कृति मेला २०८०
प्रेस विज्ञप्ति
आदरणीय पत्रकार मित्रहरु नमस्कार
आजको कार्यक्रममा हाम्रो निमन्त्रणा स्विकार गरी पाल्नुभएकोमा हार्दिक स्वागत गर्न चाहन्छौं । कला संस्कृतिले भरिपूर्ण नेपालको सबैभन्दा सानो जिल्ला भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं. ८ र ९ बोडे नेवारी कला संस्कृतिको धनी शहर हो । यहाँ नेवार समूदायले मनाउने जिब्रो छेड्ने बिस्का जात्रा विश्व प्रसिद्ध छ । बोडेको लाकुछें धिमे गुठी र खपला धिमे गुठी यहाँको मौलिक र परम्परागत धिमे गुठीहरु हुन । यसले बोडेको विभिन्न जात्रापर्व र साँस्कृतिक कार्यक्रमहरुमा धिमे बाजा बजाउने कार्य गर्दै आइरहेको छ । हाम्रो कला हाम्रो संस्कृति मध्यपुर थिमि हाम्रो सम्पत्ति भन्ने मूल नारा बोकेको मध्यपुर थिमि नगरपालिकाले यहाँको मूर्त अमूर्त कला संस्कृति संरक्षण गर्ने क्रममा उपत्यकाव्यापी धिमे बाजा प्रतियोगितालाई निरन्तरता दिँदैं आएको छ । यसवर्ष यो प्रतियोगिताको संयोजन गर्ने जिम्मेवारी लाकुछें धिमे गुठी र खपला धिमे गुठीलाई दिएको नगरपालिकाका प्रमुखसहितको जनप्रतिनिधिहरुलाई धन्यवाद दिन चाहन्छौं । यसवर्षको उपत्यका व्यापी धिमे बाजा प्रतियोगिता यही २०८० चैत्र २६ गते सोमवार मध्यपुर थिमि–८, बोडे लायकुमा आयोजना हुने सहर्ष जानकारी गराउँछौं । यस प्रतियोगितामा काठमाण्डौं उपत्यका भित्रको साँस्कृतिक खलः, धिमे खलः, धिमे गुठी, संघसंस्था लगायतको सहभागिता रहनेछ ।
मध्यपुर थिमि नगरपालिकाको प्रस्तावित पर्यटन गुरुयोजना अनुसार स्थानिया उत्पादनको प्रबर्द्धन गरी पर्यटन र आय आर्जनमा जोड्ने उदेश्यले धिमे बाजा प्रतियोगिता सँगै संस्कृति मेला र फोटो प्रदर्शनी आयोजना गरेको छ । संस्कृतिमेलामा मध्यपुरको परम्परागत र रैथाने उत्पादनको करिब २५ वटा स्टल रहने छ भने स्थानिय परिकारहरुको प्रदर्शनीमा स्टलहरु पनि रहने छ ।
उपत्यकाब्यापी धिमे बाजा प्रतियोगिता र संस्कृति मेलाका उदेश्यहरु निम्नानुसारका छन –
१) पराम्परागत बाजा–गाजामा युबा आकर्षण र पुस्तान्तरण ।
२) नगरभित्रको धिमे गुठीहरुको लगत संकलन, संरक्षण र प्रबर्द्धन ।
३) नेपाली पराम्परा संस्कृति, कला, बाजा तथा भाषाको संरक्षण र संबर्द्धन गर्ने ।
४) भक्तपुर, मध्यपुर थिमिको बिस्काः जात्रामा आन्तरिक पर्यटकहरु बढाउने।
५) नगर भित्रको मुर्त अमुर्त कला संस्कृतिको जगेर्ना गर्ने ।
६) स्थानिय जात्रा पर्बहरुको संरक्षण र प्रबर्द्धन ।
७) स्थानिय गुठीहरुलाई सकृय बनाउने ।
८) रैथाने घरेलु उत्पादनको संरक्षण र प्रबर्द्धन ।
९) बिभिन्न समयमा नगर भित्र हुने जात्रा पर्वहरुको फोटो प्रदर्शनी मार्फत चित्रण गर्ने ।
१०) औद्धोगिक संस्थाहरुको संरक्षण, प्रबर्द्धन र शसक्तिकरण ।
प्रतियोगिताको पुरस्कार ः
प्रथम पुरस्कारः रु. ५०,००० शिल्ड तथा प्रमाणपत्र
द्वितीय पुरस्कारः रु. २५,००० शिल्ड तथा प्रमाणपत्र
तृतीय पुरस्कारः रु. १५,००० शिल्ड तथा प्रमाणपत्र सान्त्वना पुरस्कारः रु. १०,००० शिल्ड तथा प्रमाणपत्र
प्रतियोगितामा सहभागि टोलीले पालना गर्नुपर्ने नियमहरुः
१) सहभागि फाराममा प्रतियोगीहरु र गुरुको फोटो सहित विस्तृत विवरण भरी फाराम दर्ता गर्नुपर्नेछ ।
२) प्रतियोगितामा धिमे २, भुस्या २, छुस्या अथवा अन्य बाजा १ गरी बढिमा जम्मा ५ जनाले सहभागि जनाउन पाउनेछ ।
३) एउटा समुह, पुचः, खलबाट २ टोली सम्म सहभागी हुन पाउनेछ ।
४. प्रत्येक समुहलाई ५ मिनेटको समय दिइनेछ । ४ मिनेटमा जनाउ संकेत स्वरुप झण्डा उठाइने छ र निर्धारित समयमा बाजा टुुङ्ग्याउनु पर्नेछ ।
५) निर्णायक मण्डलद्वारा निम्न आधारमा मुल्यांकन गरिनेछ ।
अनुशासन ५
समयको परिपालना ५
भेषभूषा १०
रचनाको छनौट (बोल) १०
एक आपसमा तालमेल १०
बाद्य विकास प्रष्टता २०
ताल र लय ४०
जम्मा १००
निर्णायक मण्डलको निर्णय नै अन्तिम निर्णय हुनेछ ।
यस प्रतियोगीतामा सहभागी हुन मिति २०८०–१२–२४ गते भित्र समुह, गुठी, खलः पुचः को नाम सहित प्रकृया पुर्यायर दर्ता फाराम आइसक्नु पर्नेछ । फाराम बुझाउन आयोजक समितिको सचिवालय, मध्यपुर थिमि नगरपालिकाको कार्यालय तथा मध्यपुर थिमि नगरपालिकाको वडा कार्यालयहरुमा भौतिक फाराम दर्ता गर्न मिल्ने ब्यवस्था गरिएको छ भने प्रकृया पुगेको फाराम संयोजकको नम्बरमा भाइबर, ईमेल अथवा व्हाट्स एप गर्न सक्ने ब्यवस्था मिलाइएको छ । एकदिने कार्यक्रम र स्थानिय धिमे गुठीहरुको थकाली, जिब्रो छेड्ने ब्यक्तिहरुको सम्मान कार्यक्रम पनि भएकोले बढिमा ४० वटा सम्मको प्रतियोगी समाबेस गराउने छ। पहिला दर्ता गर्ने समुह, गुठी, खलः पुचः लाई प्रथमिकता दिईने छ । सहभागी प्रतियोगीहरुले प्रतियोगिता शुरुहुन आदि घण्टा अगाडी नै टइसेट बुझी लिनु पर्ने छ र सोहि अनुरुप उपस्थित नभई प्रतियोगीता बाट बहिरियमा आयोजक जिम्मेवार हुने छैन ।
अन्त्यमा, यस प्रतियोगिताको बारेमा यहाँहरुको प्रतिष्ठित सञ्चारमाध्यमहरुबाट समाचार प्रकाशन गरी प्रचार प्रसारमा सहयोग गर्नुहुन हार्दिक अपिल गर्दै आजको कार्यक्रममा सहभागिताको लागि हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।