गाईको बाच्छो काट्ने मानिसहरु प्रहरीद्वारा पक्राउ

गाईको बाच्छो काट्ने मानिसहरु प्रहरीद्वारा पक्राउ
भक्तपुर, बैशाख १७ गते
गाईको बाच्छो काटेको आरोपमा चाँगुनारायण नगरपालिका वडा नं.९स्थित ताथलीबाट ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । विभिन्न ईट्टा भट्टाका झ्याउलीमा बस्दै आएका ति व्यक्तिहरुलाई महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरीहरुले झ्याउली नजिकै आगोमा मासु सेकाउदै गरेको अवस्थामा पक्राउ गरेको सूचना अधिकारी राजन कार्कीले जनाएको छ । प्रहरीले पक्राउ गरेका बीरबहादुर रानामगर, काशीराम लोप्चन र च्याङ्बा तामाङलाई पशुपन्छि सम्बन्धी कसुरमा भक्तपुर जिल्ला अदालत पेश गरी ५ दिन म्याद थप भई थप अनुसन्धान भइरहेको सूचना अधिकारी कार्कीले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
बैशाख १४ गते साँझ ५ बजे ताथली स्थित भद्रकुमारी खोलामा गाईको बाच्छो काटेको भन्ने खवर प्राप्त गरेपछि प्रहरीले थालेको अनुसन्धानबाट मासु सहित तिनीहरुलाई पक्राउ गरेको हो ।