भक्तपुर नगरका मदतान स्थल र केन्द्रहरुको स्थलगत निरिक्षण सम्पन्न
भक्तपुर, माघ २७ गते
जिल्ला निर्वाचन कार्यालय भक्तपुरले आज भक्तपुर निर्वाचन क्षेत्र नं. १स्थित भक्तपुर नगरपालिका क्षेत्रका मतदान स्थल र केद्रहरुको आज स्थलगत निरिक्षण गरेको छ । भक्तपुरका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको नेतृत्वमा प्रमुख निर्वाचन अधिकृत नवराज दाहाल, निर्वाचन अधिकृतको कार्यालय २ का राधिका सुवाल, प्रहरी उपरिक्षक सूर्यवहादुर खड्का सहित नेपाली सेना, सशस्त्र प्रहरी एवं अन्य सुरक्षा निकाय, भक्तपुर कोलोनिकाका प्रमुख तथा निर्वाचन सम्बन्धि कमर्चारी र स्थानीय जनप्रतिनिधीहरुको सहभागितामा स्थलगत निरिक्षण गरेका हुन । विद्यार्थी निकेटन विद्यालय प्रांङ्गणको मतदान स्थलबाट सुरु गरेको निरिक्षण, पद्ममावि, जनज्योति पुस्तकालय नःपुख, भक्तपुर क्याम्पस, तेखापुखुस्थित मेधा मावि, तालाक्व स्थित मतदान केन्द्र यसै गरी गःहिती र आदर्श आजाद माविको मतदान केन्द्रहरुको निरिक्षण गरेका थिए ।


यसै बीच आजै गोल्मढी स्थित नविन प्रावि प्राङ्गण, पंब्व गणेश, दत्तात्रय मन्दिर परिसर, बागीश्वरी माविको मतदानस्थल त्यो सँगै भक्तपुर नगरपालिका वडा नं. ८को मतदान स्थल ख्वप इन्जिनियरिङ्ग कलेज प्राङ्गणमा रहेको मतदानस्थलहरुको पनि स्थलगत रुपमा निरिक्षण गरेको थियो भने कमलविनायकस्थित सरस्वती विद्या गृह, लामुग, ख्वप मावि प्राङ्गण र भक्तपुर नगरपालिका कार्यालय व्यासीको मतदान स्थल र केन्द्रहरुको अवस्था बारे पनि आजै निरिक्षण गरेको थियो ।
यस हप्ता भक्तपुर निर्वाचन क्षेत्र २का सम्पूर्ण मतदान स्थल र केन्द्रहरुको निरिक्षण पश्चात आज भक्तपुर निर्वाचन क्षेत्र नं १को भक्तपुर नगरपालिका क्षेत्रका मतदान केन्द्रहरुको निरिक्षण गरिएको हो । निरिक्षण पश्चात जिल्ला सुरक्षा समितिका प्रमुख एवं प्रमुख जिल्ला अधिकारी ढकालले मतदान केद्रहरु निरिक्षण पश्चात ति स्थानहरुको अवस्था र आवश्यकता बुझेर मतदानकालागि थप तयारी गर्न सकिने भएको बताउनु भयो । अव निरिक्षण गर्न बाँकी भक्तपुर निर्वाचन क्षेत्र नं. १ चाँगु नारायण नगर क्षेत्रको केही दिनमा स्थलगत निरिक्षण गरि थप निर्वाचनको तयारी थाल्ने जिल्ला निर्वाचन अधिकारी प्रकाश मगरले जनाएको छ । भक्तपुर नगरपालिका भित्र १५ मतदान स्थलहरुमा ६४ मतदान केन्द्रहरु रहेका छन् । यस नगर क्षेत्रमा ६० हजार ५३९ मतदाताहरु रहेका छन् ।













