भक्तपुर । प्रजातान्त्रिक लोकतान्त्रिक पार्टीकातर्फबाट भक्तपुर क्षेत्र नं २ का उम्मेदबार जन्मदेव जैसीले भक्तपुर क्षेत्र नं २ का जनता पुराना दलका रुपमा रहेका नेपाली कांग्रेस, नेकपा एमालेलगायतका दलहरुबाट वाक्कदिक्क भइसकेको दावी गरेका छन् । आफू मत माग्नका लागि जनताको घरदैलोमा जात्रे क्रममा यस्तो भेटिएको दावी उनले गरेका छन् ।
स्वतन्त्र पत्रकार संघ भक्तपुरले मंगलबार उनीसँंग गरेको साक्षात्कारमा उनले परम्परागत यस क्षेत्रका जनता नयाँं दलसँंग आकर्षित देखिएको बताए । भक्तपुर क्षेत्र नं २ का जनता अहिले नयाँं राजनीतिक दलको पक्षमा उभिएको पाएको छु, उनले भने, उनीहरु नयाँं दलहरुबारे बुझ्दै छन् ।
नयाँं भनेर आएका दलहरु पनि धेरै भएकाले उनीहरुकाबारेमा बुझ्दै गरेको उनको भनाई छ । तत्कालिन एकीकृत नेपाल कम्युनिष्ट पार्टी (एमाओवादी)बाट फुटेर जनादर्न शर्माको नेतृत्वमा बनेको आफूहरुको पार्टी पनि नयाँं नै भएकाले आफूले पनि सम्मानजनतक मत पाउने दावी उनले गरे ।
फरक प्रसंगमा उनले यस क्षेत्रमा सैद्धान्तिक कुरा हुनै नसकेको बताए । पार्टी नीति सिद्धान्त भन्दा पनि ठूला दलहरुका ठूला उम्मेदबारहरुले साना साना विकास निर्माणका कुराहरुमा जनतालाई झुलाइरहेको उनले बताए । नीति राम्रो बनेपछि विकास आफैं त्यही अनुसार अगाडि वढ्छ, उनले भने । उनले त्यस विषयमा ठूला दलका उम्मेदबार नेताहरु चुकेको समेत बताए ।
अर्काे प्रसंगमा उनले आफू यस क्षेत्रको लागि टुरिष्ट उम्मेदबार नभएको जानकारी गराए । उनले आफ्नो जन्मोथलो कालिकोट भए पनि कर्मथलो भक्तपुर भएकाले आफू यस क्षेत्रका लागि अपरिचित नभएको उनले स्पष्ट पारे । आफू यस क्षेत्रको मध्यपुर थिमि नगरपालिका नीलबाराहीबासी भएको जानकारी दिंदै उनले यहाँंका जनताको पिरमर्कालाई आफाूले नजिकबाट बुझेको दावी गरे ।
दशक बढी समयदेखि यही क्षेत्रमा बस्दै आएकोले आफूले मतदाताहरुसँंगको भेटघाटमा आफनो पक्षमा पनि माहोल बनेको दावीसमेत उनले गर्न भ्याए ।
कार्यक्रमको सञ्चालन संघका जिल्ला उपाध्यक्ष मणिराम लामिछानेले गरेका थिए । संघले दैनिक नियमित रुपमा एकएक जना उम्मेदबारहरुसँंग प्रसतिबद्धता सार्वजनिक तथा साक्षात्कार गर्दै आएको छ । पहिलो पटक जिल्ला निर्वाचन कार्यालय सल्लाघारीका प्रमुख प्रकाश मगरबाट कार्यक्रम थालनी भएको थियो ।
भक्तपुर क्षेत्र नं २ मा हेभी वेट उम्मेदबारहरु पनि यस क्षेत्रमा उम्मेदबारका रुपमा छन् । यस क्षेत्रमा नेकपा एमालेका सचिव महेश वस्नेत, नेपाली कांग्रेसबाट कविर राणा, नेपाल मजदुर किसान पार्टीबाट रमेश वैद्य उम्मेदबार छन् । साथै राष्टिय स्वतन्त्र पार्टीबाट राजीव खत्री, नेपाली कम्युनिष्ट पार्टीबाट रामप्रसाद सापकोटा दीपशिखा, राष्टिय प्रजातन्त्र पार्टीबाट विक्रम थापा, उज्जालो नेपाल पार्टीबाट जीतमान लामालगायतका उम्मेदबारहरु पनि यस क्षेत्रमा रहेका छन् । यस निर्वाचन क्षेत्रबाट विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी कुल ३२ जना उम्मेदबारहरु चुनावी मैदानमा छन् ।
यस निर्वाचन क्षेत्रमा हालसम्म नेपाली कांग्रेसले २०४८, २०५६, २०७० र २०७९ गरी चार पटक विजय हासिले गरेको छ । नेपाल मजदुर किसान पार्टीले २०५१ र २०६४ गरी दुई पटक जित निकालेको थियो । यस्तै नेकपा एमालेले २०७४ सालमा एक पटक जित निकालिसकेको छ । यस क्षेत्रमा २०४८ मा नेपाली कांग्रेसका जग्गनाथ आचार्य, २०५१ सालमा नेपाल मजदुर किसान पार्टीका आशाकाजी बासुकला, २०५६ सालमा कांग्रेसका लेखनाथ न्यौपाने, २०६४ मा नेपाल मजदुर किसान पार्टीका सुनिल प्रजापति, २०७० सालमा नेपाली कांग्रेसका रामेश्वर थापा, २०७४ सालमा एमालेका महेश वस्नेत र यसअघिको २०७९ सालको निर्वाचनमा नेपाली कांग्रेसका जिल्ला सभापति दुर्लभ थापा निर्वाचित भएका थिए । यस निर्वाचन क्षेत्रमा भक्तपुरको मध्यपुर थिमि नगरपालिका र सूर्यविनायक नगरपालिका गरी दुई वटा नगरपालिकाहरु पर्दछन् । यी दुई नगरपालिकामध्ये मध्यपुर थिमि नगरपालिकामा ९ वटा र सूर्यविनायक नगरपालिकामा १० वटा गरी कुल १९ वटा वडाहरु रहेका छन् । यहाँं कुल ९८ हजार तीन सय ५६ मतदाता रहेका छन् ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
भक्तपुरका शिक्षकहरूबीच विजयादशमीको शुभकामना आदानप्रदान
2026-10-15 Comments Off on भक्तपुरका शिक्षकहरूबीच विजयादशमीको शुभकामना आदानप्रदान
भक्तपुरका शिक्षकहरूबीच विजयादशमीको शुभकामना आदानप्रदान भक्तपुर, असोज २९ गते । नेपाल क्रान्तिकारी शिक्षक संघ, वागमती प्रदेश सम्पर्क समितिको आयोजनामा विजया...
विजया दशमी तथा शुभ दीपावली-२०८३को उपलक्ष्यमा शुभकामना आदानप्रदान
2026-10-15 Comments Off on विजया दशमी तथा शुभ दीपावली-२०८३को उपलक्ष्यमा शुभकामना आदानप्रदान
भक्तपुर, २८ असोज । भक्तपुर जिल्ला बक्सिङ संघको आयोजनामा विजया दशमी तथा शुभ दीपावली-२०८३को उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम ४६ आैं नेपाल भाषा साहित्य त:मुज्याका अध्यक्ष एवं ७ नं वडाध्यक्ष उकेश कवाँको प्रमुख आतिथ्यतामा बज्र बुटिक होटल बालाखूमा बुधबार सम्पन्न भयो । कार्यक्रममा प्रमुख अतिथि उकेश कवाँ ले ४६ आैं तमुज्या बारे बताउँदै दशैको फुर्सदको समय र जनता र समाजको आवश्यकता अनुसार अगाडि बढेको बताउँदै जसरी पदार्थबाट चेतना आए अनुसार समय परिस्थितिको आवश्यकता अनुसार त:मुज्या स्थापना भएको र जनतालाई चेतना दिन र दविएर बसेका तल्लो वर्गका जनतालाई उत्थान गर्न हो भन्नुभयो । उहाँले सत्य बोलेर शुकरातले मृत्यु वरण गर्नुपरेको बताउनुभयो । उहाँले प्रकृतिले दिए अनुसार हाइड्रोपावरको विकास गरे रोजगारी सृजना गर्ने तर प्रकृति प्रकोपले हाइड्रोपावरमा क्षतिले यसमा पनि पुनः विचार गर्नुपर्ने साथै पृथ्वीमा बढेको तापक्रमले हिम पहिरोले हिमाल नष्ट हुने भएकोले आैधोगिकरणले आएको प्रदुषणले भएकोमा यसबाट अमेरिका भागेको तर चीन यसबारे सचेत रहेको बताउनुभयो । उहाँले डाटा सेन्टरले नेपालले भन्दा ठुलो देशले फाइदा लिने तर नेपालको सुचना लिने भएकोले देशको हित नहुने देखिएको बताउनुभयो । अहिलेको सरकार ३५ बर्ष शासन गरेको पुरानो सरकार वीच तात्विक भिन्नता नभएको बताउँदै जसरी अमेरिकाले तेलको लागि भेनेजुयलाका मादुरो जसरी अपहरण गरे त्यसरी नै नेपालमा अमेरिकी कथपुतली सरकार बनाएको भन्नुभयो । उहाँले यो सरकारले स्वास्थ्य विमा र शिक्षकलाई दशै खर्च समेत दिन नसकेकोबाट स्पष्ट भएको बताउँदै सिध्दान्त र विचारको बाटो नभएको व्यक्ति गन्तव्य नपुग्ने बताउनुभयो । उहाँले विगतमा ठुला दलले एनजीओबाट कार्यकर्ता पालेकोले देशले आजको स्थिति भोग्नुपरेको बताउनुभयो । कार्यक्रमका सभापति भक्तपुर जिल्ला बक्सिङ संघका अध्यक्ष रामकृष्ण प्रजापतिले शुभकामना दिँदै दशैंलाई भाैतिकवादी दृष्टिकोणले मनाउन अनुरोध गर्नुभयो । उहाँले दशैंजस्तो परम्परागत चाडलाई मार्क्सवादी दृष्टिकोणबाट हेर्दा, यो चाडको सामाजिक, आर्थिक र वर्गीय पक्षलाई बुझ्न आवश्यक हुन्छ भन्नुभयो । उहाँले मार्क्सवादी दृष्टिकोणले धर्म, परम्परा, र सांस्कृतिक अभ्यासहरूलाई वर्गसंघर्षको सन्दर्भमा विश्लेषण गर्नुपर्छ भन्नुभयो । उहाँले दशैं चाड सामन्ती परम्परा र पितृसत्ताको प्रतिनिधि हुने र आर्थिक शोषण र उपभोगवादलाई बढावा दिँदा गरिब तथा मजदुर वर्ग ऋण लिएर पनि चाड मनाउँछन्, तर धनी वर्गले उपभोगवादको रमाइलो गर्छन् भन्नुभयो । उहाँले दशैंलाई अन्धविश्वासको धार्मिक सस्कारलाई चिरेर जानुपर्ने बताउनुभयो । उहाँले दशैंलाई पुरानै ढंगले नमनाई यसको सामाजिक न्याय र समानताको सन्देश दिने गरि मनाउनु पर्ने बताउनुभयो । उहाँले मार्क्सवादी दृष्टिकोणले दशैंलाई सांस्कृतिक पुनर्संरचना गर्ने अवसरका रूपमा प्रयोग गर्न र धार्मिक अन्धविश्वासको स्थानमा वैज्ञानिक सोच, वर्गीय चेतना, र समानतामूलक समाजको निर्माणको अवसरमा मनाउन अनुरोध गर्नुभयो । उहाँले बागमती प्रदेश बक्सिङ संघले दशाैं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि कार्तिक ९ देखि १२ गतेसम्ममा खेलाडी छनाैट गर्ने निर्णय भएको जानकारी दिनुभयो । कार्यक्रममा नेपाल बक्सिङ महासंघका कोषाध्यक्ष गाैतम सुजखुले स्वागत मन्तव्य राख्दै कार्यक्रमको आैचित्यता वारे प्रकाश पार्नुभयो भने कार्यक्रम सचिव साजन लघुले संचालन गर्नुभयो ।
दशैंमा बजार अनुगमन
2026-10-15 Comments Off on दशैंमा बजार अनुगमन
दशैंमा बजार अनुगमन भक्तपुर, २८ असोज । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा सुकुलढोका रहेको पसलहरुमा बजार अनुगमन...
गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण
2026-10-14 Comments Off on गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण
गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण नवलपरासी । नवलपरासीको पवित्र तीर्थस्थल त्रिवेणीस्थित श्रीगजेन्द्रमोक्ष दिव्यधाममा...
कुम्ह सागर एण्ड खवप ब्याण्डका कलाकारहरूलाई सम्मान
2026-10-14 Comments Off on कुम्ह सागर एण्ड खवप ब्याण्डका कलाकारहरूलाई सम्मान
कुम्ह सागर एण्ड खवप ब्याण्डका कलाकारहरूलाई सम्मान २५ आश्विन, भक्तपुर। मुक्ति संगीत प्रशिक्षण केन्द्र, भक्तपुरको आयोजनामा सुर्यविनायक नगरपालिका–८, रानीकोटस्थित भिलेज...










