समानतामा सुरेश राजभण्डारीकाे अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन

समानतामा सुरेश राजभण्डारीकाे अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन
– राजुराम मुनंकर्मी
भक्तपुर,
“अपाङ्गता भएका व्यक्तिहरूकाे सशक्तिकरण र सर्वाङ्गिन विकास सबैकाे सराेकार ” नारा सहित भक्तपुरमा सम्पन्न भएकाे समानताकाे लागि आवाज (Voice for Equel Oppertunities) काे २६ आैं वार्षिक साधारण सभा तथा १४ अाैं अधिवेशनले आगामी २ वर्षकाे लागि सुरेश राजभण्डारीकाे अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति निर्विराेध निर्वाचित गरेकाे छ । निर्वाचित अन्य पदाधिकारी तथा सदस्यहरूमा उपाध्यक्ष साजन श्रेष्ठ, महासचिव लक्ष्मीश्वरी लाेहला, काेषाध्यक्ष आशाराम त्वायनाबासु, सहमहासचिव समृद्धि शाक्य, सहकाेषाध्यक्ष जनक थापा र सदस्यहरूमा क्रमश: मुना मुलेपति, सुलाेचना भ्वयद्याे,विजेश बज्राचार्य, विश्वजित भैल, विश्वनाथ बस्नेत र दिनेशराज घिमिरे रहेका छन् ।


कार्यक्रममा प्रमुख अतिथि भक्तपुर उद्याेग बाणिज्य सङ्घका अध्यक्ष राेशनी मैया धाैबन्जारले अपाङ्गता भएका व्यक्तिहरूलाई पनि उद्याेग, व्यापार र व्यवसायमा सहभागी गराउन सकिने धारणा राख्नुहुँदै आफूले त्यसकाे लागि पहल गर्ने बताउनुभयाे । उक्त सभामा अन्य वक्ताहरू चाँगु नारायण न.पा. का अधिकृत निला घिमिरे, सि.बि.आर.का संयाेजक सुरेश प्रधान, सामाजिक अभियन्ता गङ्गालक्ष्मी अवाल, सल्लाहकार तथा सामाजिक अभियन्ता विद्या राजभण्डारी, एभरेष्ट स्कूल प्रतिनिधि साेनिया कायष्ठ, लक्ष्मीश्वरी लाेहला, शिक्षा विकास समन्वय ईकाइ शाखा अधिकृत सृजना ढकाललगायतले शुभकामना मन्तव्य राख्नुभएकाे थियाे । उक्त सभामा प्रमुख अतिथिले रू १०,०००/- आर्थिक सहयाेग तथा अन्य दाताहरूबाट कम्वल र ह्विल चेयर प्रदान गर्ने उद्घाेष गरिएकाे थियाे । साथै साेही सभामा १४ जनालाई कदरपत्र र ३ जना नयाँ आजीवन सदसयहरूलाई प्रमाणपत्र समेत वितरण गरिएकाे थियाे भने दिवंगत सदस्य, सदस्यका परिवार एवं सराेकारवालाहरूकाे सम्झनामा १ मिनेट माैनधारण समेत गरिएकाे थियाे ।
सुरेश प्रधानकाे संयाेजकत्वमा गठित मञ्जुल जाेशी र सविना राजभण्डारी सदस्य रहेकाे ३ सदस्यीय निर्वाचन मण्डलले उक्त नयाँ कार्यसमिति निर्वाचित गरेकाे हाे ।