जगातीको स्वच्छ वातावरणका लागि जगाती वचत समूह
भक्तपुर, पुस १९ गते
जगाती वचत समूहले आज पहिलो वार्षिक साधरण सभा आयोजना गरेको छ । जगाती वसविसौनी यथास्थानमा राख्नुपर्छ र जगातीको पहिचान बचाउनुपर्छ भन्ने समुदायहरु बीच बचत रकम परिचालन गरी गत वर्ष स्थापना गरेको जगाती वचत समूहले आज आय व्यय प्रस्तुत गर्दै वार्षिक साधारण सभा आयोजना गरेको हो । २० जना सदस्य रहेको सो वचत समूहले एक वर्षमा १२ लाख भन्दा बढी वचत जम्मा गरेपछि सदस्य समुदायको आवश्यकता अनुसार ऋण परिचालन गर्ने निर्णय गरी आज बनभोज कार्यक्रम समेत आयोजना गरेको समूहका अध्यक्ष सिताराम खाईतुले जनाएको छ ।
निलबाराही रिसोर्ट मध्यपुर थिमीमा आयोजित सो कार्यक्रममा कोडाली राजमार्ग निर्माण कार्यमा भइरहेको धिलासुस्ति प्रति पनि ध्यानाकर्षण गराउँदै सडक मापदण्डबाट पीडित समुदायलाई न्याय दिन आवश्यक भएकोप्रति पनि गम्भिर ध्यानाकर्षण गराएका थिए । समूहमा सदस्य नभएका स्थानीय समुदायका साझा विषयहरुलाई पनि समूहबाट सम्बोधनको प्रयास गराउने धारणा राख्दै समूहका सचिव शिव बालाले जगाती वचत समूहको सक्रियतामा स्थानीय समुदाय संगठित हुन सकेको बताए । स्थानीय समस्याहरुलाई सम्बन्धित निकायको ध्यानाकर्षण गराउन समूहको साझा धारणा हुुनुपर्नेमा जोड दिदै जगाती क्षेत्रको वातावरण प्रदुर्षण रोकथामकालागि पनि आआफ्नो क्षेत्रबाट पहल गर्नुपर्नेमा सहभागिहरुले सो अवसरमा अन्तरक्रिया समेत गरेका थिए ।
Featured Posts – Style 1
विश्वकर्मा पूजाको अवसरमा शिवनगरमा निःशुल्क स्वास्थ्य शिविर
2026-09-17 Comments Off on विश्वकर्मा पूजाको अवसरमा शिवनगरमा निःशुल्क स्वास्थ्य शिविर
विश्वकर्मा पूजाको अवसरमा शिवनगरमा निःशुल्क स्वास्थ्य शिविरप्रेमचन्द्र झाभदौ ०१ गतेरौतहट — विश्वकर्मा पूजाको अवसरमा गरुडा नगरपालिका–५ शिवनगरस्थित भगवान् विश्वकर्माको मन्दिर...
रौतहटमा पत्रकार उपर आक्रमण भएको तीन दिन बित्दा पनि आरोपित पक्राउ परेनन्
2026-09-17 Comments Off on रौतहटमा पत्रकार उपर आक्रमण भएको तीन दिन बित्दा पनि आरोपित पक्राउ परेनन्
रौतहटमा पत्रकार उपर आक्रमण भएको तीन दिन बित्दा पनि आरोपित पक्राउ परेनन्प्रेमचन्द्र झाअशोज ०१ गते रौतहट — रौतहटमा पत्रकार उपर...
भक्तपुरमा फैसला कार्यान्वयन तर्फका ३ जना फरार अभियुक्त पक्राउ
2026-09-17 Comments Off on भक्तपुरमा फैसला कार्यान्वयन तर्फका ३ जना फरार अभियुक्त पक्राउ
भक्तपुरमा फैसला कार्यान्वयन तर्फका ३ जना फरार अभियुक्त पक्राउ भक्तपुर, १ असोज। जिल्ला प्रहरी कार्यालय भक्तपुरले जिल्ला अदालत भक्तपुरको फैसला...
ख्वप इन्जिनियरिङ कलेजमा नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न
2026-09-17 Comments Off on ख्वप इन्जिनियरिङ कलेजमा नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न
ख्वप इन्जिनियरिङ कलेजमा नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्नभक्तपुर । २०८३ असोज १भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेज र...
रञ्जनानिरौलालेजितिन्इटालीकोप्रतिष्ठित ‘ग्र्यान्डजुरीप्राइस’
2026-09-17 Comments Off on रञ्जनानिरौलालेजितिन्इटालीकोप्रतिष्ठित ‘ग्र्यान्डजुरीप्राइस’
रञ्जना निरौलाले जितिन् इटालीको प्रतिष्ठित ‘ग्र्यान्ड जुरी प्राइस’ काठमाडौँ, नेपाल —नेपाली कवि तथा लेखक रञ्जना निरौलालाई उनको कविता "सिटी लाइट्स"...













