सार्वजनिक खरिदमा मिलोमतो छैन भन्न सक्ने अवस्था छैन, खरिद विज्ञ गौतम
भक्तपुर, पुस ८ गते
सार्वजनिक खरिदका केही समस्या र समाधानका उपायहरुमा आज ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल (टिआई नेपाल)ले सरोकारवालाहरु बीच छलफल गरेका छन् । काठमाण्डौको. बनेश्वरमा आयोजित छलफलमा प्रस्तुतीकरण दिदै खरिद विज्ञ ई.घनश्याम गौतमले सार्वजनिक खरिद टेण्डर प्रकृया पूरा गरे पछि आधा काम सम्पन्न भएको मानिने भन्दै विद्ययमान व्यवहारिक तथा नीतिगत समस्या र केही उपायहरु बारे आाफ्नो धारणा व्यक्त गर्नु भयो । टेण्डर भन्ने बितिक्कै सेटिङ् र भ्रष्टाचार, अनियमितता तथा कमसल निर्माणको ट्याग लागेको बेला बोल पत्र कागजात तयारी(संयुक्त उपक्रमको उपदेयता) समय अगाबै खरिद कार्यको सुरुवात, खरिद कार्यमा अनिमियतता हुन्छ भन्ने आम बूझाई, लागत अनुमान तयार, बोलपत्र मूल्याङ्कन, नयाँ दर कायम(तोक्दा), मूल्य समायोजन, भेरियसन, म्याद थप, खरिद कार्यमा संलग्न जनशक्तिमा कार्यबोझ तथा कार्य क्षमताको अभाव, ठेक्का अन्त्य तथा समापन र कालो सूचि प्रकरणमा समस्या रहेको बताउनु भयो साथै उहाँले ति समस्याहरुको समाधानकालागि संयुक्त उपक्रमको उपदेयता, कार्य क्षेत्र तयारी भएको निश्चिन्त पश्चात मात्र खरिदको सूचना आह्वान गर्ने, खरिद कार्यमा अनिमियता हुन्छ भन्ने आम बुझाई लाई हटाउन जरुरी, लागत अनुमान तयार, बोलपत्र मूल्यांकनको आधार र प्रक्रियामा सुधार र नयाँ दर कार्य तौक्दा लगायतका समस्याहरुको सुधार गर्नुपर्ने विषयहरुमा सुझाब दिएका थिए ।
खरिद विज्ञ गौतमले सार्वजनिक खरिदमा थप पारदर्शिताका लागि हाल खरिदमा इजीपी लागू भएकोले मिलोमतो हुने संभावना कम रहे पनि मिलोमतो छैन भन्न सक्ने अवस्था नभएको बताउनु भयो । सार्वजनिक खरिद सम्बन्धि नियम १४ पटक सम्म संशोधन गरि सक्दा पनि ठेक्कामा मूल्यांङ्कनको क्रममा मिलोमतो भए नभएको जाच गर्न मिलोमतोका संभावित आधारहरु कानूनमा समावेस भएमा सहज हुने बताउनु भयो ।
नेपालमा सुशासनको पहलकालागि बिगत ३० वर्ष देखि कृयाशिल रहेको टिआई नेपालले समुदाय बीच पहुँच विस्तार र जनचेतना अभिवृद्धिमा सहजीकरण, सञ्जाल र साझेदारीमा टीआई नेपालको योगदान, भ्रष्टाचारका लैगिक प्रभावहरुको पहिचान गर्र्दै सचेतना अभिवृद्धि, अध्ययनमार्फत भ्रष्टाचार बारे प्रमाण र जानकारी प्रदान, सामाजि जवाफदेहिताका पद्धतिहरुको डिजाइन, विकास र कार्यान्वयन, राजनैतिक सदाचार लक्षित कार्यहरु, गुनासो सम्बोधन तथा संस्थागत दिगोपनामा कार्य गर्दै आएको कार्यक्रमका संयोजक विनोद भट्टराईले जनाएको छ ।














