भक्तपुरका जनताले घण्टीलाई पनि विश्वास गर्ने उम्मेदबार रञ्जितको भनाई

भक्तपुरका जनताले घण्टीलाई पनि विश्वास गर्ने उम्मेदबार रञ्जितको भनाई
भक्तपुर, माघ २८ गते
फागुण २१को निर्वाचनको प्रचार प्रसारको क्रममा देशभर घण्टीमय भएको भन्दै भक्तपुर निर्वाचन क्षेत्र नं। १का रास्वपाका उम्मेदवार रुकेश रञ्जितले भक्तपुरका जनताले पनि आफूलाई विश्वास गर्ने दाबि गरेका छन् । भक्तपुरको साँस्कृतिक संरक्षण कार्य प्रशंसनीय भएको भन्दै भक्तपुरको वातवरण संरक्षणकालागि भक्तपुर औद्योगिक क्षेत्रलाई स्थानान्तरण उपयुक्त हुने भनाई राखेका छन ।

स्वतन्त्र पत्रकार संघ भक्तपुरका पत्रकारहरुसँग आज अन्तरक्रिया गर्दै उनले जेनजीको मागलाई पनि सम्बोधन गर्ने, स्वदेशमै रोजगारी सृजना गर्ने, शिक्षा, स्वास्थ्यमा उल्लेख्य कार्य गरेर देखाउने जनाएका थिए । उनले भने एक्ला सांसदले ख्वप विश्वविद्यालय ल्याउन सकिदैन, रास्वपाको बहुमत आएपछि ख्वप विश्वविद्यालय स्वीकृत आफूले ल्याइदिने छु । २०७९ सालको निर्वाचनमा भक्तपुर निर्वाचन क्षेत्र न। १मा रास्वपा उम्मेदबार नदिदा पनि दोस्रो पार्टी भएकाले पनि यस पटक बढी मत आउने उनको दाबी छ । विदेशी चलखेल नै नदिएपछि हस्तक्षेप पनि नहुने भनाई राख्दै उनले पूराना दलहरुप्रति जनविश्वास गुम्दै गएकाले नयाँ दलका नयाँ उम्मेदबारले बढी जनताले दिने धारणा राखेका थिए ।

https://www.youtube.com/watch?v=30bvN95wC6I

उम्मेदवार प्रतिबद्धता, पत्रकार साक्षात्कार
सो अवसरमा सहभागी पत्रकारहरले नीति निर्माण गर्नुपर्ने सांसद पद्का उम्मेदवारहरुले घर दैलो पुगेर विकास निर्माणका एजेण्डा प्रस्तुत गरि रहनु सान्दभिक नभएको भन्ने प्रश्न राखेका थिए । त्यसपछि उनले निर्वाचनमा आफ्नो हार र जितलाई भन्दा निरन्तर सेवा लागि लागि पर्ने जनाएका थिए ।