“आगजनी तथा तोडफोडमा संलग्न मानिस पक्राउ “बैंकिङ कसुरका फरार प्रतिवादी पक्राउ”

“आगजनी तथा तोडफोडमा संलग्न मानिस पक्राउ “बैंकिङ कसुरका फरार प्रतिवादी पक्राउ”

भक्तपुर, कार्तिक ९ गते
प्रहरी वृत्त ठिमी भक्तपुरले जेन्जी आन्दोलनको क्रममा बैंक तोडफोड गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । मध्यपुर ठिमी प्रहरी वृत्तसँगै रहेको राष्ट्रिय वाणिज्य बैंकको शाखा तोडफोडमा संलग्न रहेको भन्दै बुद्धिमान तामाङलाई प्रहरीले सोमबार नियन्त्रणमा लिएको भक्तपुरका प्रहरीका सूचना अधिकारी प्रकाश जवेजुले जनाएको छ । तामाङ सिन्धुपाल्चोक बलेफी गाउँपालिका वडा नं. ८ घर भई हाल मध्यपुर ठिमी नगरपालिका वडा नं.७ नगदेश बस्दै आएको र पक्राउ पछि थप अनुसन्धान कार्य भइरहेको उहाँले बताए । यसै बीच भक्तपुर प्रहरीले चेक अनादर मुद्दामा मध्यपुर ठिमीकी राधादेबी श्रेष्ठलाई कारागार चलान गरेको छ । गत भाद्र १२ गते भक्तपुर जिल्ला अदालतबाट चेक अनादर मुद्दामा रु. ४० लाख रुपैया बराबरको विगो रकम तिर्न नसकेपछि श्रेष्ठलाई २ वर्षकालागि जगन्नथदेव काठमाण्डौ चलान भएको सूचना अधिकारी जवेजुले जनाएको छ ।