जनताको भावना बुझ्नलाई पनि चुनावमै जानुपर्नेमा नेमकिपा अध्यष विजुक्छेको जोड
भक्तपुर, मंसिर ६ गते
४५ आंै नेपाल भाषा साहित्य तः मुज्याको पुरस्कार वितरण तथा सम्हेबजी कार्यक्रम आज आजर्श आजाद मावि तथा कलेज प्राङ्गमा आयोजना गरेको छ । गत असोज १८ र १९ गते भक्तपुरको तःपुखु परिसरमा आयोजित ४५ औं तःमुज्याका उत्कृष्ठ साँस्कृतिक समूहलाई पुरस्कृत गर्नु हुँदै कार्यक्रमका प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले भक्तपुरमा मात्र काम गरेर नपुग्ने गुनासो आएकोले देशका विभिन्न जिल्ला जिल्लामा पुगेर विभिन्न जातजाती र भाषा भाषीका समुदायको सेवामा जुत्न आग्रह गर्नु भयो । यहाँका युवा विद्यार्थीहरुले यहाँ मात्र काम गर्दा बाहिरको कुरा नबुझ्ने भएकाले पनि बाहिर पनि काम गर्न आवश्यक भएको भन्दै अध्यक्ष विजुक्छेले यस्तो विषयमा नयाँ पुस्तालाई पनि प्रशिक्षित गर्नुपर्नेमा जोड दिनु भयो । इनारको भ्यागुटो भन्ने चलनलाई ध्यान दिन आग्रह गर्दै अध्यक्ष विजुक्छेले नयाँ निर्वाचनमा जाने की पुरानोमै फकिर्ने भन्ने सवालमा पुरानो सरकारले केही नगरेको टिप्पणी गर्दै उहाँले फेरी तिनीहरुलाई नै फकाईयो भने केही फरक नपर्ने भएकाले जनताको भावना बुझ्नलाई पनि चुनावमै जानुपर्नेमा जोड दिनु भयो । निर्वाचनमा भोज खुवाएर जित्ने बाहिर चलन भएपनि भक्तपुरमा त्यस्तो चलन नभएकोले कसैको पनि विश्वास जित्न नसकिने धारणा राख्नु भयो ।
निर्वाचनमा पद् पैसा भोज भटेर गरेर जित्न प्रचलनले जुनसुकै सरकार आएपनि जनपक्षिय कार्य हुन नसकेको उल्लेख गर्दै सो अवसरमा नेमकिपा सचिव प्रेम सुवालले युवाहरुलाई रोजगारको नाममा विदेश पठाएर सरकारहरुले देश कमजोर पारेको र देशको सुरक्षा नीति विदेशीलाई सुम्पेर देशलाई परनिर्भर बनाएकोमा आपति जनाउनु भयो भने भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले ख्वप विश्वविद्यालय खोलेर ज्ञानविज्ञानको सहर बनाउने कार्यमा अवरोध सृजना गरेको तिप्पणीगर्दै उहाँले देको मिवा जग्गा एकीकरण आयोजना बारे भ्रमण सृजना गरेकोमा आपति जनाउनु भयो । कार्यक्रममा बागमती प्रदेशका सांसद सुरेन्द्रराज गोसाईले ब्रम्हायणी खोलाको सुन्दरतालाई कायम राख्न कविता सुनाउनु भयो । तःमुज्याका अध्यक्ष आसकुमार चिकंबन्जारको सभापतित्वमा भएको सो कार्यक्रममा कवि सुलोचना मानन्धर, डाक्टर सरोज धिताल, गायिका सरस्वती मानन्धरले पनि आआफ्नो साहित्य, मन्तव्य र गीत प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा अध्यक्ष विजुक्छें सहित अतिथिहरुले ४५ औं तःमुज्याका उत्कृष्ठ साँस्कृतिकर्मी कलाकारहरलाई पुरस्कृत गर्नुका साथै नेपाल सम्वत ११४६को न्हु द र्यालीमा सहभागि टोलीहरुलाई पनि मायाको चिन्ह प्रदान गरेको थियो । औपचारिक कार्यक्रम पश्चात नेवार समुदायको परम्परागत सामुहिक सम्यबजी कार्यक्रम आयोजना गरेको थियो । रु. ३ सय को टिकट काटेर सम्यबजी कार्यक्रममा सहभागि हुने समुदायको संख्या २ हजार भन्दा बढी रहेको आयोजक समितिले जनाएको छ ।
Featured Posts – Style 1
फोहोरमैला प्रशोधन केन्द्रको व्यवस्थापनबारे भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिकाबीच सहमति
2026-07-21 Comments Off on फोहोरमैला प्रशोधन केन्द्रको व्यवस्थापनबारे भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिकाबीच सहमति
फोहोरमैला प्रशोधन केन्द्रको व्यवस्थापनबारे भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिकाबीच सहमति भक्तपुर । २०८३ साउन ४ भक्तपुर नगरपालिका वडा नं. १०...
गत असारमा भक्तपुरमा २४ जघन्य तथा गम्भीर अपराधका घटना
2026-07-20 Comments Off on गत असारमा भक्तपुरमा २४ जघन्य तथा गम्भीर अपराधका घटना
गत असारमा भक्तपुरमा २४ जघन्य तथा गम्भीर अपराधका घटनाभक्तपुर, श्रावण ४ गतेजिल्ला प्रहरी कार्यालय भक्तपुरले गत असार महिनाभर भएका कार्यसम्पादनहरु...
सहकारी संस्थामा नियमित बचतको अनिवार्यताश्री बाराही साकोसको २८औँ स्थापना दिवस सम्पन्न
2026-07-20 Comments Off on सहकारी संस्थामा नियमित बचतको अनिवार्यताश्री बाराही साकोसको २८औँ स्थापना दिवस सम्पन्न
सहकारी संस्थामा नियमित बचतको अनिवार्यताश्री बाराही साकोसको २८औँ स्थापना दिवस सम्पन्न भक्तपुर, साउन ४ गते। श्री बाराही बचत तथा ऋण...
स: दबू साहित्यमा स्रष्टा रामेश श्रेष्ठकाे एकल लघुकथा वाचन
2026-07-20 Comments Off on स: दबू साहित्यमा स्रष्टा रामेश श्रेष्ठकाे एकल लघुकथा वाचन
स: दबू साहित्यमा स्रष्टा रामेश श्रेष्ठकाे एकल लघुकथा वाचनललितपुर,- राजुराम मुनंकर्मीबि.सं. २०८२ चैत्र ७ गते देखि हरेक महिनाकाे पहिलाे शनिबारका...
भक्तपुर प्रहरीद्वारा स्कुटर चोर पक्राउ
2026-07-19 Comments Off on भक्तपुर प्रहरीद्वारा स्कुटर चोर पक्राउ
भक्तपुर प्रहरीद्वारा स्कुटर चोर पक्राउभक्तपुर, श्रावण ३ गतेभक्तपुर प्रहरीले स्कुटर चोरी गर्ने मानिसलाई पक्राउ गरेको छ । श्रावण १ गते...














